२६ जनवरी २०२२ का दिन गैर आवासीय नेपाली संघ स्पेनले संघका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा स्पेनको नेपालि समाजका विभिन्न बैचारिक, जातिय, क्षेत्रीय संघ संगठनहरु, सामाजिक आभियन्ता हरु, एन आर एन ए अभियन्ताहरु, पत्रकार र ब्यबसायीहरु संग नेपाल घर परियोजना सम्बन्धि एक संयुक्त बैठक सम्पन्न भएको छ।

स्पेनमा नेपालीहरुको बढ्दो जनसंख्यालाई दृष्टिगत गर्दै नेपाल र नेपालीहरुको हितमा समर्पित गैर आवासीय नेपाली संघको आफ्नै भवन (घर) स्थापना गरि आफ्नै भवनबाट यसका कार्यहरू सुव्यवस्थित रूपले सञ्चालन गर्न, हाम्रा मौलिक चाडपर्व,सभा समारोह, प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेपाली पाठशाला र अन्य कुराहरू एउटै छानामुनि सञ्चालन गर्नुका साथै पुस्तकालय समेतको व्यवस्था गरि बहु उदेश्यीय आवस्यकता पुरा गर्न एक नेपाल घर आवस्यक रहेको महसुस नेपाली समाजले गरेको कुरा लाइ आत्मसाथ गर्दै एन आर एन ए स्पेनले नेपाल घर परियोजना सम्बन्धि तयार गरेको प्रारम्भिक खाका संघका अध्यक्षले बैठकमा प्रस्तुत गर्नुहुदै उक्त खाका सम्बन्धमा बैठकमा उपस्थित सबैले सल्लाह, सुझाव दिन र यस प्रक्रियामा संगै बढ्न आग्रह गर्नुभएको थियो।

महासचिब बिदुर गौतमले संचालन गर्नु भएको उक्त बैठकमा एन आर एन ए युरोप उपसंयोजक मुक्त गुरुङ, प्रस्तावित आइ सी सी सदस्य दिनेश गिरि, पूर्व अध्यक्ष अनिल गुरुङ, निवर्तमान अध्यक्ष दिनेश गुरुङ, जन सम्पर्क समिति अध्यक्ष सन्तोष श्रेष्ठ, प्रवासी नेपाली मंच अध्यक्ष हेम शेर्पा , जनप्रगतिशिल मंच अध्यक्ष बिशाल ढुंगाना, जनसम्पर्क समिति निवर्तमान अध्यक्ष इन्द्र प्रसाद शर्मा, पर्वत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मी, बाग्लुङ्ग समाजका महासचिव सुदर्शन शर्मा, कास्की समाज बाट मोहन राज गौतम नेपाली पाठशाला संयोजक सरला सापकोटा, विश्वकलाकार संघ स्पेनबाट डिक कार्की एन आर एन ए पुर्व महासचिब बिष्णु रिजाल र एन आर एन ए स्पेनको उपाध्यक्ष रोशन पाठक लगायतले प्रस्तुत खाकाका बारेमा बोल्नु भएको थियो। त्यसै गरि बैठकमा तमु समाज अध्यक्ष गौतम गुरुङ, स्यांजा समाज अध्यक्ष बेन बहादुर गुरुङ, एन आर एन ए क्षेत्रीय समिति कोस्ता ब्लान्काका सस्थापक अध्यक्ष सुरेन्द्र भुजेल थापा लगायत एन आर एन ए स्पेनका पधाधिकारीको समेत उपस्थिति रहेको थियो।

बैठकमा प्रस्तुत योजनाको प्रारम्भिक खाका सम्बन्धमा बक्ताहरुले एकदमै सकारात्मक रुपमा लिदै सोहि अनुसार प्रतिक्रिया दिनुभएको थियो। जस अनुरुप अध्यक्षले यस कार्यसमितिले अगाडी बढाउन लागेको योजनाको मर्म अनुसार सकेसम्म सबैको अपनत्व हुनेगरी र बिगतमा योगदान र सहयोग गर्ने सबैको अभिलेख रहनेगरी साझा योजना बनाएर हिड्ने प्रतिबद्दता ब्यक्त गर्दै यस प्रारम्भिक प्रपोजल तयार गर्न सहयोग गर्नु हुने संघका उपाध्यक्ष कृष्ण राम रानाभाट र सनु राउत लाइ धन्यवाद सहित यस परियोजनाका सम्बन्धमा अझ प्रभावकारी र सबैको सहभागिता रहने गरि स्पेनका बार्सिलोना लगायत हरेक क्षेत्रमा बिध्यमान संघ सस्थाहरु समेत रहने गरि एक बृहत समिति गठन गर्ने गरि छिट्टै अर्को बैठक आब्हान गर्ने र यथासक्य बाकि प्रक्रिया सुरु गर्ने निचोडका साथ बैठक सम्पन्न भयो ।