सम्पुर्ण स्पेनबाशी नेपाली आमा बुवा दाजुभाई दिदिबहिनीमा नमस्कार ,
गैर आवासिय नेपाली संघ स्पेनको लामो ईतिहासमा विगतका वर्षहरुमा हरेक वर्ष आयोजना हुदै आएको फुटवल प्रतियोगिता कोरोना महामारिका कारण आयोजना हुन नसकेको स्पेनबासी नेपाली समूदायहरुमा अवगत नै रहेको छ । त्यसैको निरन्तरता स्वरुप बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि गैर आवासीय नेपाली संघ स्पेनले खेलकुदको मार्फत नेपाली समूदाय विशेषत नेपाली यूवा समूदायमा भाईचारा ,भातृत्व र आपसी मेलमिलाप कायम राख्न “एन आर एन ए कप २०२१” फुटबल प्रतियोगिता आयोजना गरिएको कुरा यहांहरुमा जानकारी नै छ । साथै १४ नोभेम्बर २०२१ का दिन Hospitalet de Llobregat (METRO L1,L5) स्थित CAN BUXERES CAMPO (फुटबल ग्राउण्ड) मा आयोजना गरिएको 7-A साईड फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको यूवा तथा खेलकुद सम्योजक मनुश जङ्ग खड्का (631411507) जानकारी गराएका छन । साथै प्रतियोगितामा सहभागि हुन आज १२ नोवेम्बर २०२१ सम्म टिम दर्ता गराईसक्नु पर्ने भएकाले स्पेनको कुनै भूभागवाट संघ संस्था वा व्यक्तिगत टिम दर्ता गराउन छुटनु भएको भएमा समयमै सम्पर्क राख्नुहुन सवैमा विनम्र अनरोध गर्दछौ ।
पुन एक पटक स्पेनको विभिन्न क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपाली दाजुभाई, दिदिबहिनिहरुलाई कार्यक्रमा उपस्थिति तथा सहभागिता जनाई हाम्रा युवा भाई बहिनिहरुलाई थप हौशला प्रदान गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ।
प्रतियोगिता सम्बन्धि अन्य विस्तृत जानकारी –
१) प्रतियोगिता १४ नोभेम्बर २०२१ का दिन Hospitalet de Llobregat (METRO L1,L5) स्थित CAN BUXERES CAMPO (फुटबल ग्राउण्ड) मा हुनेछ
२) प्रतियोगिता 7-A साईड हुनेछ।
३) एउटा टिममा १० जना खेलाडी हुनुपर्नेछ।
४) टिम दर्ता शुल्क १००€ हुनेछ।
५) खेल आबधिमा खेलाडी एक पटक खेल मैदानबाट बाहिरिए पनि पुन प्रबेश पाउने छ।
६) बार्शिलोना वाहिरका सहभागी टिमलाई प्रतियोगिताको दिन साझको खानाको ब्यबस्था हुनेछ,बस्नका लागि प्रतियोगी आफैले ब्यबस्थापन गर्नु पर्ने छ(आबश्यक सहयोग एन आर एन ए स्पेनले गर्नै छ)।
७) एयरपोट तथा बस स्टपमा सहयोग गर्न एनआरएनए स्पेनका पदाधिकारिहरु खटिनुहुनेछ।
७) खेल KNOCK OUT सिस्टमले खेलिने छ।
८) खेलको समय अबधी सहभागी टिमको संख्याको आधारमा गरिने छ।
९) विजेता र उपविजेताले क्रमश : ५५०€ र ३०० साथै ट्रफि,मेडल र प्रमाणपत्र पाउने छन्।
१०) प्रतियोगितामा बालबालिकाहरु र महिला दिदिबहिनीहरुको खेल प्रतियोगिता नभई मनोरञ्जन र सहभागिताका लागि मात्र हुनेछ,सहभागी सम्पुर्णले मेडल पाउने छन।
११) बेस्ट प्लेएर,हाई स्कोर र बेस्ट किपरलाई ट्रफि र प्रमाणपत्र दिइनेछ।
१२) १२ नोवेम्बर २०२१ सम्म टिम दर्ता गराई सक्नु पर्नै छ।
१३) रेफ्रिको निर्णय र आयोजकको निर्णयलाई नै अन्तिम निर्णय मानिने छ।

नोट: प्रतियोगिताका दिन ग्राउन्ड प्रबन्धक र ब्यबस्थापकले खेल निरीक्षण गर्ने र राम्रो खेल प्रदर्शन गर्नै खेलाडीहरुलाई उक्त ग्राउन्डमा संचालन हुने लिगमा खेलाउने कुरा रहेको छ।
कृपया प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले १२ नोवेम्बर २०२१ सम्म अनिवार्य आफ्नो टिम दर्ता सगै सम्पुर्ण खेलाडीको नाम लिस्ट उपलब्ध गराइदिनु हुन विनम्र अनुरोध गर्दछौ।

हालसम्म दर्ता भएका टिमहरु-
१) ROYAL RIDERS
२) MOUNT EVEREST
३) BROTHERHOOD
४) NRNA SPAIN
५) JSS
६) BAGLUNG SAMAJ SPAIN
७) GP FOUNDATION
टिम दर्ता र थप जानकारीका लागि
बिदुर गौतम( 601395564)
मनुश जङ्ग खड्का(631411507)
दिपक परियार (612261541) अथबा एनआरएनए स्पेनको पदाधिकारीहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय समिति स्पेन