गैर आवासीय नेपाली संघ, स्पेनले स्पेनमा रहेका नेपालीहरुलाई आइपर्ने कानुनी समस्याको समाधान गर्न कानुनी परामर्श कार्यक्रम गर्ने कुराको बारेमा पहिला पनि सूचना प्रबाह भयको यहाँहरु मा जानकारी गर्दछौ । संघको कार्यालय बार्सिलोनामा सोमवार बेलुका ५ बजे गर्न लागिएको उक्त कार्यक्रममा विशेषगरी आप्रवासी सम्बन्धी कानुनका बिज्ञ वकिल जोर्डी बुस्केट प्लासाको सहभागिता रहने कुरा सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा जानकारी गर्दछौ । साथै ब्यवसाय गरिरहेकाहरुका लागि परामर्श दिन एकजना खेस्तोरको पनि उपस्थित रहने भयकोले उक्त अबसरमा स्पेनमा पछिल्लो समयमा अपडेट भएका नियम कानुनहरुको बारेमा जानकारी लिनुका साथै स्पेनमा बस्ने नेपालीहरुले सामना गर्नुपरेका अराइगो सोसियल, फेमिली भिजा, लार्गा दुरायिसन तथा ईयु कार्ड, रेसिडेन्सी नविकरण र ब्यापार ब्यवसाय गर्नेहरुले समेत आफुलाई परेको समस्या र समाधानको उपाएको बारेमा जिज्ञासा राख्न सक्ने व्यवस्था भयकोले सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सँघ को कार्यालय मा समयमै उपस्थित जनाई मौका को सदुपयोग गर्नुहुन सम्पुर्ण नेपाली समूदायमा गैर आवासीय नेपाली सँघ हार्दिक अपिल गर्दछौ । साथै उपस्थित हुन नसक्ने अवस्थामा हामीलाई फेसबुक मेसेन्जेर मार्फत इमेल : info@nrnaspain.org मार्फत उपलब्ध गराई आफ्ना समस्या र जिज्ञासाहरु राख्नु भई सेवा लिनुहुन सबैमा जानकारीको लागि अनुरोध छ।

अन्तरक्रिया हुने समय तथा स्थान :
मिति : २७ सेप्तम्बेर २०२१
समय : साँझ ५ बजे देखि ७ बजे सम्म
स्थान : Calle Grossot ८४, 08025 , Barcelona , एन आर एन ए स्पेनको कार्यालय