मिति २ नोभेम्बर २०२३ बिहीबारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्पेनको आयोजनामा विजया दशमी, शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४४ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम संघका अध्यक्ष श्री पेशल कुमार कोइराला ज्यूको अध्यक्षतामा भब्य र सभ्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न पार्न हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रमुख अतिथिको रुपमा पाल्नुभएका संबिधान सभा सदस्य श्री प्रकाश शर्मा पौडेल ज्यू, विशेष अतिथिहरु क्रमश: पूर्व युरोप संयोजक तथा एनआरएनए स्पेनका पूर्व अध्यक्ष श्री मुक्त बहादुर गुरूङ ज्यू, निवर्तमान आईसीसी सदस्य श्री दिनेश कुमार गिरि ज्यू, एनआरएनए स्पेनका निवर्तमान अध्यक्ष श्री शालिकराम डुम्रे ज्यू, पूर्व आईसीसी सदस्य श्री सुनिल रानाभाट ज्यू, एनआरएनए स्पेनका संस्थापक अभियन्ता श्री डिक बहादुर कार्की ज्यू, अतिथिहरु क्रमश: नेपाली जनसम्पर्क समिति स्पेनका कार्यवाहक सभापति श्री शिव प्रसाद उपाध्याय ज्यू, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष श्री हेमन्त रानाभाट ज्यू, नेपाली जनप्रतिशील मञ्चका अध्यक्ष श्री विशाल ढुङ्गाना ज्यू, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग स्पेनका अध्यक्ष श्री भोला लामीछाने ज्यू, कास्की समाजका अध्यक्ष श्री पुष्प के. सि ज्यू, स्याङ्जा सहयोग समाजका प्रतिनिधि श्री कमल थापा ज्यू, पर्वत समाजका अध्यक्ष श्री अनन्त लामिछाने ज्यू, बागलुङ समाजका अध्यक्ष श्री प्रगती शर्मा ज्यू, तामाङ समाज स्पेनका अध्यक्ष अजय लोप्चन ज्यू, प्रवास समन्वय समिति सदस्य श्री गंगा प्रसाद भुषाल ज्यू, एनआरएनए स्पेन क्षेत्रीय समिति कोस्टाब्लंकाका अध्यक्ष श्री सुरेश रत्न बज्रचार्य ज्यू लगायत कोस्टाब्लाङ्का बाट आउनुभएका सम्पुर्ण आदरणीय व्यक्तित्वहरु, कार्यक्रममा उपस्थित सम्पूर्ण स्पेनबासी बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु र सम्पूर्ण संघ संस्थाबाट प्रतिनिधित्व गर्नुभएका अध्यक्ष तथा प्रतिनिधिहरू प्रति गैर आवासीय नेपाली संघ स्पेन हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ।
कार्यक्रममा आफ्ना थुप्रै प्रस्तुती दिएर दर्शकहरुलाई भरपुर मनोरञ्जन गराउनुहुने राष्ट्रिय ख्यातिप्राप्त गायिका मल्लिका कार्की लगायत कार्यक्रममा उपस्थित भएर नित्य तथा गायन प्रस्तुत गर्नुहुने सम्पूर्ण स्थानिय कलाकार भाइबहिनीहरूमा हार्दिक आभार ब्यक्त गर्दछौ। राष्ट्रिय गान गाएर नेपालप्रति सम्मान दर्शाउनु हुने साना साना प्रिय भाइबहिनीहरूलाई माया साथै धन्यावाद ज्ञापन गर्दछौं। त्यसैगरी अतिथिहरुलाई खादा ओढाएर सम्मान गरिदिनुहुने प्यारा बहिनीहरू रेसु लोप्चन र शीला केसि लाई विशेष धन्यबाद ज्ञापन गर्दछौं।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने एनआरएनए अभियन्ताज्यूहरु, अग्रज ब्यक्तित्वहरु, बैचारिक, सामाजिक तथा जातीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु महिला फोरम संयोजक तथा सदस्यज्युहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ।
विशेष गरी आफ्ना प्रस्तुती पठाई सहयोग गर्नुहुने इनास स्पेन परिवार, बिश्वकलाकार संघ परिवार, तामाङ समाज परिवार ,तमु समाज परिवार, मगर समाज स्पेन परिवार, मोना स्पेन परिवार, नेपाली पाठशाला परिवार तथा स्थानीय कलाकार भाइ बैनीहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौ। त्यसैगरी अनौपचारिक कार्यक्रमलाई भव्यरुपमा सञ्चालन गर्नुहुने सञ्चालकद्वय मीठो तथा बोल्ड भ्वाईसका धनी श्री सन्तोष अर्याल ज्यू तथा श्री नारायण भट्टराईज्यू लाई विशेष धन्यबाद ज्ञापन गर्दछौं। कार्यक्रममा उपस्थित भई कार्यक्रमको फोटो तथा भिडियोहरु सम्पादन गर्नुहुने श्री सुरेश गुरुङ ज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
त्यसैगरी कार्यक्रममा सफल बनाउन आफ्ना व्यस्त समयका बावजुत पनि कोस्टाब्लाङ्काबाट पाल्नुभएका क्षेत्रिय समिति कोस्टाब्लाङ्काका अध्यक्ष श्री सुरेश रत्न बज्रचार्य ज्यू, संघका उपाध्यक्ष सुरेन्द्र भुजेल ज्यू , संघका उपमहासचिव केशवराज कँडेलज्यू, सचिव श्री सन्तोष अर्याल ज्यू र सदस्य श्री रितेश श्रेष्ठ ज्यू हरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ।
कार्यक्रमको लागि निःशुल्क हल ब्यबस्थापनका लागि अहोरात्र खट्नुहुने संघका निबर्तमान अध्यक्ष शालिकराम डुम्रे ज्यूलाई बिशेष धन्यवाद ज्ञापन गर्दै हल उपलब्ध गराईदिने Ajuntamiento de hospitalet तथा Biblioteca de Bobila लाई विशेष धन्यबाद ज्ञापन गर्दछौं।
त्यसैगरी कलाकारको पारिश्रमीक शुल्क प्रबन्ध गर्नुहुने संघका उपाध्यक्ष सुरेन्द्र भुजेल थापा ज्यू, सेलरोटी निःशुल्क व्यवस्थापन गर्नुहुने महिला संयोजक जमुना देवि शर्मा सापकाेटा ज्यू, कलाकारको लागि मायाको चिनो उपलब्ध गराउनु हुने सामाजिक ब्यक्तित्व श्री पुरुषोत्तम भट्टराई ज्यूलगायत आआफ्नो ठाउँबाट आर्थिक तथा भौतिक सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ज्यूहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
धन्यबाद।
सुन्दर रानाभाट
महासचिब
एनआरएनए स्पेन
