एनआरएनए स्पेनले नेपाली युवाहरुलाई लक्षित गर्दै खेलका माध्यमबाट व्यक्तित्व विकास र नेपाली युवाहरु बिचमा भाइचराको विकास होस् भन्ने हेतुले क्याटालुनिया स्पोर्ट्सद्वारा खेलाइने प्राइभेट लिगा मा समावेश गरेको छ। आजबाट नेपाल टीमका खेलाडी भाइहरू नेपाल भ्रमण वर्ष २०२० अंकित जर्सी लगाएर लगातार एकवर्ष सम्म स्पेनमा बसोबास गर्ने विभिन्न देशका खेलाडीहरुसँग विभिन्न सेटमा खेलहरु खेल्नेछन्। यसलाई नेपाल र नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा टेवा पुर्याउने माध्यमको रुपमा हेरिएको छ। आजको पहिलो औपचारिक खेल स्थानिय समय अनुसार राति १०:१० बजे नेपाल टीम र Bombonera 7A का बीच हुदैछ।आजबाट नेपाल टीम हरेक मंगलबार बेलुका ८ बजे लगातार रूपमा एक वर्षसम्म विभिन्न सेटमा खेलहरु खेल्नेछ। एनआरएनए स्पेन नेपालीखेलाडी भाईहरुको उज्जवल भविष्यको कामना गर्दछ।
