गैर आवासीय नेपाली संघ स्पेनले मिति २०१९ नाेभेम्बर ११ गते निशुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सङ्घका अध्यक्ष श्री दिनेश गुरुंग ज्यु को अध्यक्षतामा सम्पन्न गर्यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ्ग उपस्थित हुनुभएको थियाे भने परामर्शदाताको रुपमा स्पेनिस कानून ब्यबसायी(अधिवक्ता) मोनिका हुएर्ता सान्ज साथै दोभासेको रूपमा सन्तोष पौडेल र लक्ष्मण शर्मा उपस्थित हुनुहुन्थ्यो। अन्तरक्रिया कार्यक्रम कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु , सल्लाहकारहरु, संरक्षकहरु र स्पेनबासी नेपाली जनसमुदायको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा स्पेनबासी नेपालीहरूको अाप्रवासी सम्बन्धि समसामयिक समस्याहरु, कामदारहरूको हक तथा अधिकार, रेसिडेन्सिका लागि कागजी प्रक्रिया तथा आवश्यक कागजातहरु, उधोग व्यवसाय सम्बन्धी, तथा श्रमिक सम्बन्धी समस्या र यहाँको कानूनको बारेमा छलफल गरि आवश्यक जानकारी उपलब्ध गराइएको थियो। संघका अध्यक्षले निमन्त्रणालाई स्वीकार गरी अन्तरक्रिया कार्यक्रममा सहभागी भई कानूनी परामर्श दिनुहुने र लिनुहुने सम्पूर्ण जनसमुदाय तथा व्यवसायी र दाेभासेलाई धन्यवाद दिदै कार्यक्रममकाे समापन गर्नु भएको थियो।