नेपाली राजदुताबास म्याड्रिडले बार्सिलोना मा घुम्ती कन्सुलर सेवा सहितको अन्तरक्रिया कार्यक्रम ययाही फेब्रुअरी 10 र 11 गते महामहिम राजदुत डा. शर्मिला पराजुली ढकालज्युको समुपस्थितिमा गैर आवाशीय नेपाली संघ स्पेनको कार्यालयमा तल उल्लेखित कार्यतालिका अनुसार रहेको र राहदानी नबिकरण , हराएको , च्यातिएको , भर्खरै जन्मिएका बच्चा हरु लाइ प्राथमिकता दिदै 268 जनाको कागजात संकलन गरि QR कोड़ समेत प्राप्त भै सकेको छ।

तोकिएको यस घुम्ती कन्सुलर सेवामा दूतावासको कस्सुलर र बायोमेट्रिक क्षमता अनुसार राहदानीको म्याद सकिसकेको, हराएको, बिग्रेको र अगस्ट 2024 सम्म रहेका व्यक्तिलाई प्राथमिकता दिदै दुताबाबासको समय र क्षमता अनुसार बायोमेट्रिक गरिने हुदा आफ्नो सक्कल राहदानी र नागरिकता सहित गैर आवशीय नेपालीसंघको कार्यालय बार्सिलोना calle den Grassot 84 मा तोकिएको दिनमा उपस्थित भै राहदानी लगाएत दुताबासबाट प्राप्त हुने अन्य कन्सुलर सेवा को लाभ लिनु हुन हार्दिक अनुरोध गरिएको छ।

साथै बच्चाको राहदानीको लागि दूतावासले तोकेको format मा 2 प्रति पासपोर्ट साइजको फोटो अनिबार्य रुपमा बुझाउनु हुन र तल उल्लेखित कार्यतालिका बाहेकका सेवाग्राहीकोहरुको समय तालिका वा appointment दुताबास को समन्वय मा पछि लिन सक्नुहुने छ। नेपाली राजदुताबास मड्रिडबाट बार्सिलोनामा यही १० र ११ फेब्रअरी २०२३ मा हुन गइरहेको कन्सुलर सेवा अन्तर्गत इ पासपोर्टको बायोमेट्रिकको लागि देहायका आवेदकका लागि निम्नानुसारको कार्यतालिका सार्वजनिक गरिएको जानकारी गराउँदछौं।

सुन्दर रानाभाट
महासचिब
गैर आबासीय नेपाली संघ स्पेन
दिनाकं ९ फेब्रुअरी २०२४