गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको दोश्रो बैठकले नवनिर्वाचित गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ ग्लोवल सम्मेलन बाट युरोप उपसंयोजकमा निर्वाचित हुनुभएका श्री मुक्त बहादुर गुरुंग ज्युलाई खादा तथा फूलमाला लगाएर बधाई तथा सफल कार्यकाल को शुभकामना ज्ञापन गरेकाे थियाे। बैठकले एन आर एन ए स्पेन (२०१९-२०२१) को लागी ५ सदस्यीय संरक्षक परिषद मनाेनित गर्यो। मनोनीत संरक्षकहरुमा क्रमशः श्री डिक बहादुर कार्की, श्री भिषम कुमार गुरुङ, श्री दीपक खरेल, श्री शीतल भुर्तेल भुसाल, श्री दावा ऋषि श्रेस्ठ हुनुहुन्छ। नेपाल भ्रमण बर्ष २०२० सफल पार्न नेपाली दूतावास स्पेनकाे कार्यालयमा एनआरएनए हेल्प डेस्क तथा पर्यटन प्रवर्द्धन कक्ष स्थापना गर्ने निर्णय गरेको थियो। जसमा संघका उपाध्यक्ष उत्तर कुमार राईको नेतृत्वमा सदस्य सुरेश बास्तोला र सदस्य जगत कुमारी गुरुङ रहनेगरी स्वयंसेवक खटाउने निर्णय गर्याे।