सूचना ! सूचना !! सूचना !!!

गैर आवासीय नेपाली संघ, स्पेनको आगामी २६ जुलाई २०२१ मा सम्पन्न हुन गैरहेको सातौं राष्ट्रिय महाधिवेशनको लागि गठित निर्वाचन समितिको गत मिति १२ जुलाई २०२१ बुधवारको दिन बसेको चौंथो बैठकको निर्णय अनुसार गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि आवेदन दिने समय बढाई पाऊँ भनी प्राप्त निवेदनको आधारमा निम्नानुसार समय बढाएको जानकारी यसै सूचना मार्फत् सूचित गर्दछौं ।
आवेदन पेश गर्ने
मितिः १९ जुलाई २०२१ सोमवार
समयः १५:०० बजेसम्म।
स्थानः संघको कार्यालय Carrer d’En Grassot, 84-86
08025 Barcelona
आवेदनको साथमा पेश गर्नु पर्ने आवश्यक कागजातहरु:
क) पासपोर्ट वा स्पेनिश आवाशीय कार्ड को प्रतिलिपि – १ प्रति।
ख) पासपोर्ट साइजको फोटो – १ प्रति।
ग) गैर आवासीय नेपाली संघको परिचय-पत्र प्रतिलिपि – १ प्रति ।

समय र बासाईको दूरीका कारण भौतिक रुपमा उपस्थित हुन नसक्नु हुने आवेदकहरुले माथि उल्लेख गरिएका कागजातहरु स्क्यान गरेर सम्बन्धित आवेदक स्वयंले निम्न e-mail वा WhatsApp मा पठाउन सक्नुहुने छः
e-mail: hemsherpa@hotmail.com
WhatsApp: 697458288

निर्वाचन समिति- २०२१
एनसीसी, स्पेन।

मिति: १२ जुलाई २०२१