सर्वप्रथम आदरणीय स्पेनबासी सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको आठौँ अधिबेशन २५ जुलाई २०२१ आईतबारका दिन हुने भएको यहाँहरु सबैलाई सहर्ष जानकारी गराउन चाहन्छौ। आगामी २०२१-२०२३ कार्यकालका लागि यही अप्रिल ५ देखि पञ्जिकृत सदस्यताको आवेदन खुल्ला गरिएकोले यहाँहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । स्पेनबासी गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पञ्जिकृत सदस्यता आवेदनको आब्हान गर्दै एम.आई.एस.(MIS) मार्फत आवेदन दिनका लागि सूचित गर्दछौँ।
आवेदनका लागि आबस्यक प्रक्रिया तथा सर्त हरू देहाय बमजिम हुनेछन्;

१) आवेदन अनिवार्य Smart NRNA वा https://members.nrna.org/signup मा लिङक गरिएको फाराम मार्फत भर्न पर्नेछ। यसरी भरिएको आवेदन आइसीसी(ICC) काे (MIS) प्रणालीमा हुने भएकोले परिवर्तन नहुने हुदा सहि विवरण भर्नु पर्नेछ।

२) आवेदन फाराम भर्दा आफ्नो इमेल, मोवाइल नम्बर र ठेगाना अनिवार्य रूपले भर्नु पर्नेछ।

क) उल्लेखित इमेल वा मोबाइल नम्बर नै आफ्नो प्रोफाइलको युजर आइडी हुनेछ !
ख) आवेदन प्राप्त भएको, स्विकृत वा अस्विकृत भएको लगायतका सबै जानकारी सोही इमेलमा वा मोवाईल नम्बरमा प्राप्त हुनेछन।
ग) फाराम भर्दा उल्लेख गरिएको पासवर्ड सदस्य स्वयंले सुरक्षित राख्नु पर्नेछ। अधिबेशन चुनावी प्रक्रियामा जाँदा सम्पूर्ण निर्वाचन कार्यविधि, सूचना र भोटिङको लागि आवश्यक लिंक लगायत सम्पूर्ण कुराहरू यहाँहरुले उपलब्ध गराउनु भएको ईमेलमा मात्र प्राप्त गर्नुहुनेछ।

३) आवेदकले आवेदन दर्ता गर्दा अनिवार्य रूपमा निम्नलिखित कागजातहरू अनलाइन मार्फत अपलोड गर्नु पर्ने छ :
* पासपोर्ट(MRP)साईजको फोटो
* पासपोर्टको(MRP)प्रतिलिपी
* NIE भएका ब्यक्तिहरुको हकमा निजको आइडिको प्रतिलिपी।
*स्पेन प्रबेश गरेको २ बर्ष पुरा भएको प्रमाणित गर्ने कागजात वा एनआरएनएको पुरानो आईडी कार्डको प्रतिलिपि।
* २०२१-२०२३ कार्यकालका निम्ति पंजीकृत सदस्यता शुल्क १० यूरो निर्धारण गरिएको छ। आवेदन भर्दा उक्त शुल्क NRNA स्पेनको बैंक खाता नम्बर ES37 2100 2904 0402 3673 2783 (La Caixa Bank)मा ट्रान्सफर गरी त्यसको कपि प्रमाण स्वरुप अपलोड गरेको हुनुपर्नेछ अथवा संस्थाले प्रमाणीकरण गर्न अनुमति प्रदान गरेका व्यक्तिलाई cash मा उपलब्ध गराउन सक्नुहुनेछ।

४) फाराममा माथि उल्लेखित विवरण तथा सर्तहरू अनिवार्य भर्नु पर्नेछ अन्यथा फाराम स्विकृत गरिनेछैन।

यो सन्दर्भमा आवश्यक जानकारी तथा सहयोगका लागि एनआरएनए स्पेनले तोकेका देहायका व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद स्पेन:
अध्यक्ष : श्री दिनेश गुरुङ्ग
महासचिब: श्री उमाराज ढकाल
कोषाध्यक्ष: श्री गोविन्दराज तिमिल्सिना
प्रवक्ता: श्री सुन्दर रानाभाट

क्षेत्रीय समिति मड्रिड:

अध्यक्ष : श्री सुजिल गोले
सचिव : श्री सागर श्रेष्ठ

क्षेत्रीय समिति पाईस भास्को:

अध्यक्ष : श्री कमला बराल
सचिव : श्री खगेन्द्र बम

क्षेत्रीय समिति ग्रान कानारिया:

अध्यक्ष : श्री पवनलाल राजभण्डारी
सचिव : श्री श्याम कुमार खड्का

क्षेत्रीय समिति कोस्टा ब्लाङ्का:

अध्यक्ष : श्री सुरेन्द्र भुजेल थापा
सचिव : श्री कमल पराजुली

सुन्दर रानाभाट
प्रवक्ता
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेन।