सम्पूर्ण स्पेनका विभिन्न भूभागमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा सादर नमस्कार!
यहाँहरुलाई अवगत नै छ, गैह्र आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनले आगामी कार्यकाल २०२१- २०२३ को महाधिवेसन मिति २५ जुलाईमा तोकी पञ्जिकृत सदस्यताको आवेदनका लागि ५ अप्रिल २०२१ बाट खुल्ला गरी २५ जुन सम्मको समयसीमा तोकिएको थियो।
यसपालिको साधारण सदस्यता वितरण MIS प्रणालीबाट मात्र हुने पनि पुनः सूचित गर्दछौ।
स्पेन अधिराज्यका विभिन्न भागमा बसोबास गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले उत्साहका साथ रित पूर्वक आवेदन भरि सदस्यता समेत प्राप्त गरिरहनु भएको छ। एनआरएनए केन्द्रले उपलब्ध गराएको Smart NRNA Membership online मार्फत रितपूर्वक फाराम भरी हालसम्म जम्मा ६२८ जनाले एनआरएनए स्पेनको सदस्यता प्राप्त गरिसक्नु भएको छ, ४४२ सदस्यको आवेदन शुल्क प्राप्त भैनसकेका कारण स्वीकृति पाउन बाँकी छ भने फाराम भर्दा केही प्रकृयागत त्रुटि गरेका कारण हालसम्म २२३ जना आवेदकले उपलब्ध गर्नुभएको फाराम ड्राफ्ट गएर बसेका कारण हामी यहाँहरुका आवेदनलाई स्वीकार गर्न असमर्थ छौं। तसर्थ कृपया फाराम भरेर पनि स्वीकृति प्राप्त गर्न नसक्नु भएका निवेदकहरुले आबस्यक Personal Information, Upload Documents र Payment Proof अप्सन आइकन भित्र भएका खाली ठाउँमा मागिएका व्यक्तिगत विवरण तथा डकुमेन्टस पुनः हेरी पूर्ण रूपमा राखी अन्तमा confirm गर्नुहुन अनुरोध गर्दछौ। हालसम्म ड्राफ्ट मा रहनुभएको आवेदकको नामावली यसै सूचना साथ प्रकाशन गरिएको छ। यसका लागि कृपया यहाँहरुले पुनः आफूले प्रयोग गर्नुभएको login email Id र password प्रयोग गरी login गरि सिस्टमले मागे अनुसारका डाटा खाली ठाउँमा पूर्ण रूपमा उपलब्ध गराई आफ्नो फाराम पूरा गरी confirm गर्नुहुन अनुरोध गर्दछौ।
आवेदनका प्रक्रिया, सर्त तथा आबस्यक कागजात देहाय बमोजिम छन्:
१) आवेदन अनिवार्य Smart NRNA वा https://members.nrna.org/signup मा लिङक गरिएको फाराम मार्फत भर्न पर्नेछ। यसरी भरिएको आवेदन आइसीसी(ICC) काे (MIS) प्रणालीमा हुने भएकोले परिवर्तन नहुने हुदा सहि विवरण भर्नु पर्नेछ।
२) आवेदन फाराम भर्दा आफ्नो इमेल, मोवाइल नम्बर र ठेगाना अनिवार्य रूपले भर्नुपर्नेछ।
क) उल्लेखित इमेल वा मोबाइल नम्बर नै आफ्नो प्रोफाइलको युजर आइडी हुनेछ। यहाँहरुले Password राख्दा आफ्नो इमेलको भन्दा भिन्न पनि राख्न सक्नुहुनेछ जुन Membership login गर्न अनिवार्य हुनेछ।
ख) आवेदन प्राप्त भएको, स्विकृत वा अस्विकृत भएको लगायतका सबै जानकारी सोही इमेलमा वा मोवाईल नम्बरमा प्राप्त हुनेछ !
ग) फाराम भर्दा उल्लेख गरिएको पासवर्ड सदस्य स्वयंले सुरक्षित राख्नु पर्नेछ। अधिबेशन चुनावी प्रक्रियामा जाँदा सम्पूर्ण निर्वाचन कार्यविधि, सूचना र भोटिङको लागि आवश्यक लिंक लगायत सम्पूर्ण कुराहरू यहाँहरुले उपलब्ध गराउनु भएको ईमेल मा मात्र प्राप्त गर्नुहुनेछ।
३) आवेदकले आवेदन दर्ता गर्दा अनिवार्य रूपमा निम्नलिखित कागजातहरू अनलाइन मार्फत अपलोड गर्नु पर्ने छ :
* पासपोर्ट(MRP)साईजको फोटो
* पासपोर्टको(MRP)प्रतिलिपी वा NIE भएका ब्यक्तिहरुको हकमा निजको आइडिको दुवै साइडको प्रतिलिपी
*स्पेन प्रबेश गरेको २ बर्ष पुरा भएको प्रमाणित गर्ने कागजात वा एनआरएनएको पुरानो आईडी कार्डको प्रतिलिपि।
* २०२१-२०२३ कार्यकालका निम्ति पंजीकृत सदस्यता शुल्क १० यूरो निर्धारण गरिएको छ। आवेदन भर्दा उक्त शुल्क NRNA स्पेनको बैंक खाता नम्बर ES37 2100 2904 0402 3673 2783 (La Caixa Bank)मा ट्रान्सफर गरी त्यसको कपि प्रमाण स्वरुप अपलोड गरेको हुनुपर्नेछ अथवा संस्थाले प्रमाणीकरण गर्न अनुमति प्रदान गरेका व्यक्तिलाई cash मा उपलब्ध गराउन सक्नुहुनेछ।
४) फाराममा माथि उल्लेखित विवरण तथा सर्तहरू अनिवार्य भर्नु पर्नेछ अन्यथा फाराम स्विकृत गरिनेछैन।
यो सन्दर्भमा थप आवश्यक जानकारी तथा सहयोगका लागि एनआरएनए स्पेनले तोकेका देहायका व्यक्तिहरूलाई हरेक साँझ बेलुका ५ बजे देखि १० बजेसम्म सम्पर्क गरी आबस्यक सहयोग लिन सक्नुहुनेछ।
(नोट: कृपया बैंक ड्राफ्ट मार्फत सदस्यता शुल्क तिर्नु भएका सदस्यहरूले फारम भर्दा अनिवार्य रुपमा शुल्क बुझाएको ड्राफ्ट लाई Payment Proof सेक्सन मा attach गर्न नभुल्नुहोला।)
सम्पर्क व्यक्तिहरु:
अध्यक्ष : श्री दिनेश गुरुङ्ग 676301773
महासचिब: श्री उमाराज ढकाल 631247338
कोषाध्यक्ष: श्री गोविन्दराज तिमिल्सिना 631650063
प्रवक्ता: श्री सुन्दर रानाभाट 612202728

सुन्दर रानाभाट
प्रवक्ता
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेन।

ड्राफ्ट मा भएका आवेदकहरुको विवरण:
Draft Applications NRNA Spain