कार्यालय बन्द रहने सम्बन्धी सूचना !

कोरोना भाइरस (Covid 19) काे संक्रमण बढे सँगै स्पेन सरकारले नियन्त्रणको लागि मुलुकभरका बासिन्दाहरूको स्वस्थ्य अवस्थालाई मध्यनजर गर्दै आपतकालको घोषणा गरेको छ। आपतकालीन अवस्थामा भ्रमण तथा सार्वजनिक भेलामा समेत मुलुकभर प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री पेड्रो सान्जेसले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र कुनै महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । हाल कोरोना भाइरसको संक्रमण स्पेनमा समेत बढ्दै गइरहेको पाइएकोले यहाँ बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु लाई सार्वजनिक स्थलमा हुने विभिन्न सभा सम्मेलन, भीडभाड हुने ठाउँहरू, सार्वजनिक पार्क, मेला तथा जमघट बाट टाढा रहनुहुन र सकेसम्म सार्वजनिक यातायात प्रयोग नगर्नुहुन समेत अनुरोध गर्दै आफ्नो स्वास्थ्य प्रति सजक रहन एबं आफन्तहरूलाई समेत सचेत गराउनु हुन अनुरोध गर्दछौ। कोरोना भाइरसको संक्रमण अन्त्य भएर अर्को सूचना प्राप्त नभएसम्मको लागि भोलि देखि लागु हुनेगरी एनआरएनए स्पेनको कार्यालय बन्द रहने कुरा सूचित गर्दछौ। कार्यालय बन्द रहँदा यहाँहरुलाई पर्ने असुविधाप्रति क्षमाप्रार्थी छौं। यहाँहरुका केही त्यस्ता अत्यावस्यक कामहरू भएमा निम्नलिखित व्यक्तिहरूलाई सम्पर्क गरेर सेवालाभ लिनुहुन्न अनुरोध गर्दछौ। धन्यवाद ।।
सुन्दर रानाभाट
प्रवक्ता
एनआरएनए स्पेन ।