>कोरोना रोकथाम सहयोगार्थ मातृभूमिको लागि संकलित सहयोग सहयोग रकम एनआरएनए आईसिसिमा पठाइयो!strong>

आदरणीय स्पेनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार !
सर्वप्रथम स्पेनका विभिन्न भूभागमा बसोबास गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्यको कामना गर्दै यस महामारीमा स्वस्थ्य मापदण्ड पूर्ण पालना गरी आँफू पनि स्वस्थ रहन र परिवारलाई पनि सुरक्षित राख्नुहुन अनुरोध गर्दछौ।
यस संक्रमणबाट हाम्रो मातृभूमि नेपालमा मृत्युबरण गर्नुभएका दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्तपरिवारजनप्रति समवेदना व्यक्त गर्दछौ। साथै संक्रमित दाजुभाई तथा दिदिबहिनीहरुलाई शीघ्र स्वस्थ्य लाभको कामना गर्दछौ।
यहाँहरुलाई अवगत नै छ हाम्रो मातृभूमि नेपाल कोभिड १९ को नयाँ भेरियन्ट बाट आक्रान्त छ। यस महामारीबाट अस्पतालमा संक्रमितका लागि प्रयाप्त मात्रामा बेड, अक्सिजन र अत्यावस्यक स्वास्थ्य सामग्रीको आभाव खड्केको छ जसका कारण हाम्रा कयौ नेपाली दाजुभाई तथा दिदीबहिनीहरु अल्पायुमा नै मृत्युवरण गर्न बाध्य हुनुहुन्छ।
यसै अनुरूप एनसीसी स्पेनले सम्पूर्ण स्पेनबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई आआफ्नो तर्फबाट स्वतस्फूर्त सहयोगको लागि सार्वजनिक अपील गरेको थियो । यहाँहरुको सानो सहयोग एकमुष्ट गर्दा ठूलो मात्रामा सहोयोग संकलन भएको छ। सहयोग उपलब्ध गराउनु भएका तमाम सहयोगी दाताहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ। यहाँहरूको सहयोगले हाम्रा संक्रमित नेपाली दाजुभाइले नयाँ जीवन पाउने छन् र मुलुकले यो महामारी नियन्त्रणमा सफलता पाउनेछ भन्नेमा हामी विश्वस्त छौं। गैरआवासीय नेपाली संघ स्पेनको नेतृत्वमा यहाँ भएका सामाजिक, राजनीतिक, जातीय तथा क्षेत्रीय समितिको सहकार्यमा स्पेनबासी दाजुभाई तथा दिदी बहिनीहरुबाट जम्मा ९७४४ € (नौ हजार सात सय चौवालिस युरो) निम्न बमोजिम सहयोग रकम प्राप्त भएको जानकारी गराउँदछौ साथै उक्त संकलित रकम गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अकाउन्टमा पठाइसकिएको व्यहोरा समेत सम्पूर्णमा जानकारी गराउँदछौ।
आर्थिक सहयोग विवरण:
१)गैर आवासीय नेपाली संघ स्पेन – ५०० युरो
२)क्षेत्रीय समिति मड्रिड – १००० युरो
३)क्षेत्रीय समिति पाइसभास्को – ८८२ युरो
४)क्षेत्रीय समिति ग्रान क्यानारिय – ५०० युरो
५)क्षेत्रीय समिति कोस्टा ब्लाङ्का – १५०० युरो
६)प्रवासी नेपाली मञ्च स्पेन -३०१ युरो
७)तमु समाज स्पेन -५०१ युरो
८)जनप्रगतिशील मञ्च स्पेन – २०१ युरो
९)चितवन समाज स्पेन – ५८५ युरो
१०)कास्कि आदर्श समाज स्पेन – ४०६ युरो
११)स्याङ्जा सहयोग समाज स्पेन -२०५
१२)पर्वत समाज स्पेन – १०१ युरो
१३)बाग्लुङ समाज स्पेन – १९३ युरो
१४)मगर समाज स्पेन -२०१ युरो
१५)महिला फोरम स्पेन – २०५ युरो
१६) तामङ समाज स्पैन – १०० युरो
१७)नेवारी समाज स्पेन -२५० युरो
१८)मुक्त बहादुर गुरुङ्ग – १५५ युरो
१९)भिषम कुमार गुरुङ – १५० युरो
२०)दिनेश गुरुङ – १०५ युरो
२१)दिनेश कुमार गिरि -१५१ युरो
२२)भुवन कटुवाल -२०१ युरो
२३)सरु गुरुङ्ग – १०१ युरो
२४)शालिकराम डुम्रे – १६० युरो
२५)दीपक खरेल -५१ युरो
२६)गौतम गुरुङ – ५१ युरो
२७)राजु गुरुङ – ५१ युरो
२८)निशा मगर गुरुङ – २० युरो
२९)धुर्ब परियार -५० युरो
३०)सर पाउ रेष्टुरेन्ट (भियतनाम) -५० युरो
३१)केबिन्द्र शाही -५५ युरो
३२)युनिस गुरुङ – २५ युरो
३३)सुन्दर गुरुङ – २१ युरो
३४)उमेश काफ्ले – ५१ युरो
३५)सुनिल रानाभाट – ७१ युरो
३६) सूर्य सापकोटा -३१ युरो
३७)अमर गुरुङ – ३० युरो
३८)ब्राइन फेरेन गोमेज – ५० युरो
३९)अनुप राज शिल्पकार -५० युरो
४०)सजीव थापा -२० युरो
४१)निलम खनाल -१०० युरो
४२)भूपेन्द्र श्रेष्ठ – ५५ युरो
४३)शान्ता राणा – ५१ युरो
४४)दुर्गा प्रसाद घिमिरे – ५१ युरो
४५)केश – २५ युरो
४६) गोविन्द प्रसाद तिमिल्सिना -२५ युरो
४७) सुन्दर रानाभाट – २० युरो
४८)उमाराज ढकाल – ५१ युरो
४९)समीर गुरुङ – २० युरो
५०) सोनु राउत – १५ युरो
जम्मा ९७४४€ (अक्षरूपी नौ हजार सातसय चौवालिस युरो मात्र)

गोविन्द प्रसाद तिमिल्सिना
कोषाध्यक्ष
एनआरएनए स्पेन