गैर आवासीय नेपाली संघ स्पेनको विशेष बैठक ०९ फेब्रुवरी २०२१ का दिन संघका अध्यक्ष श्री दिनेश गुरुङको अध्यक्षतामा महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै सम्पन्न भयो। बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उलेख्य उपस्थिति थियो। संघका आफ्नो कार्यसूचीमा रहेको क्षेत्रीय समिति विस्तार गर्ने आफ्नो कार्ययोजनालाई मूर्त रूप दिँदै नवगठित क्षेत्रीय समिति कोस्टा ब्लंका लागि बैठकबाट अनुमोदन गर्दै क्षेत्रीय समितिको संख्या ४ पुर्याएको छ। उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास रहेको स्पेनको कोस्टाब्लंका क्षेत्रमा एनआरएनए स्पेनको क्षेत्रीय समिति गठनको माग तथा आबस्यकलाई सम्बोधन गर्दै संघले क्षेत्रीय तदर्थ समिति गठन गर्न एनआरएनए स्पेनका संस्थापक आइसिसी सदस्य श्री वीरेन्द्र श्रेष्ठ ज्यू र कार्यसमितिका क्षेत्र हेर्ने जिम्मेवार पाउनुभएका संघका उपाध्यक्ष श्री तुल्सी बहादुर गुरुङ ज्यूलाई जिम्वेवारी दिएको थियो। सोहि बमोजिम उहाँहरूले श्री सुरेन्द्र भुजेल थापा ज्यूको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रिय समिति कोस्टाब्लांकाको तदर्थ समिति गठन गरी ०७ फेब्रुवरी २०२१ मा कार्यसमितिमा अनुमोदनका लागि पेश गर्नुभएको थियो। आज बसेको विशेष बैठकले उक्त तदर्थ समितिलाई सर्वसम्मत अनुमोदन गर्दै वैधानिकता दिने निर्णय गरेको छ। बैठकले नवगठित क्षेत्रीय तदर्थ समिति कोस्टाब्लाङ्कामा सिफारिस हुनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरुलाई बधाई तथा शुभकामना दिँदै एनआरएनए स्पेनको विधान बमोजिम आफ्ना गतिविधि संचालन गर्न अनुमति दिने निर्णय समेत गरेको छ। साथै बैठकले यस महत्वपूर्ण अभियानलाई सफल गर्न उल्लेखनीय भूमिका निभाउनु भएकोमा एनआरएनए स्पेनका संस्थापक आइसिसी सदस्य श्री बिरेन्द्र श्रेष्ठ ज्यू, तथा संघका उपाध्यक्ष श्री तुल्सी बहादुर गुरुङ ज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्यो। त्यसैगरी यस अभियानलाई मूर्त रुप दिन प्रत्यक्षपरोक्ष रूपमा सहयोग गर्नुहुने सामजिक अभियन्ता तथा कोस्टाब्लाङ्काबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई समेत विशेष धन्यवाद व्यक्त गर्दछौ।

नवगठित क्षेत्रीय तदर्थ समिति कोस्टाब्लाङ्का यस प्रकार छ:

अध्यक्ष: श्री सुरेन्द्र भुजेल थापा

उपाध्यक्ष: श्री कमल देवकोटा

सचिव: श्री कमल पराजुली

कोषाध्यक्ष: श्री सुरेश बज्राचार्य

महिला संयोजक: श्री रोजिना श्रेष्ठ

युवा संयोजक: श्री सुरेन्द्र रानामगर

सदस्यहरु: श्री रितेश श्रेष्ठ ,श्री दुर्गादत्त देवकोटा, श्री छवि श्रेष्ठ ,श्री निराजन लुइटेल, श्री झरना कार्की, श्री राजकुमार क्षेत्री, श्री वीरबहादुर खत्री, श्री नवराज पाण्डे श्री, प्रवीण सुवेदी सुन्दर रानाभाट प्रवक्ता गैर आवासीय नेपाली संघ स्पेन