गैर आवासीय नेपाली संघ स्पेनको विशेष बैठक संघको आशन्न ‘सातौं राष्ट्रिय महाधिवेसन – २०२१’ का लागि निर्वाचन समिति गठन गर्दै सम्पन्न, पन्जिकृत सदस्यताको अन्तिम मिति २५ जुन सम्म।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको विशेष बैठक संघका अध्यक्ष श्री दिनेश गुरुङ्ग ज्यूको अध्यक्षतामा ३१ मे २०२१ सोमवारका दिन विद्युतीय अनलाइन जूम मार्फत महत्त्वपूर्ण प्रस्ताव माथि छलफल र निर्णय गर्दै सम्पन्न भयो। बैठकमा अथितिको रूपमा युरोप उप समयोजक मुक्त बहादुर गुरुङ्ग ज्यू तथा आइसिसी द्वय सुनिल रानाभाट ज्यू र चिन्तामणि सापकोटा ज्यू उपस्थिति हुनुहुन्थ्यो। त्यसै गरि बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्य ज्यूहरु, संरक्षक तथा सल्लाहकार ज्युहरुको उल्लेख्य उपस्थिति थियो।

बैठकले गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद्को विधानअनुसार राष्ट्रिय समन्वय परिषदहरुले महाअधिबेसन भन्दा १ महिना अगावै पंजीकृत सदस्यता वितरण बन्द गरिसक्नु पर्ने व्यवस्था भएको र एनआरएनए स्पेनको अधिबेसन २५ जुलाई २०२१ मा तोकी सकिएको हुँदा संघको पन्जिकृत सदस्यता यही जुन २५ गते सम्म गर्ने निर्णय गरेको छ।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको आसन्न “सातौं राष्ट्रिय महाधिवेशन – २०२१” स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि श्री हेम शेर्पा ज्यूको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिती गठन गरेको छ। जसमा देहायका सदस्य रहने निर्णय गरेको छ;
संयोजक :श्री हेम कुमार शेर्पा
सदस्यहरु:
श्री सुन्दर रानाभाट
श्री सन्तोष पौडेल
श्री भोजराज सपकोटा
श्री…(पछि थप गर्ने गरी)

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनका कोषाध्यक्ष श्री गोविन्द राज तिमिल्सिनाका पिता श्री हरि प्रसाद तिमिल्सिनाको ८२ वर्षको उमेरमा भएको असामयिक निधन प्रति दिवांगत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समबेदना प्रकट गरि शोक प्रस्ताब पारित गरेको छ।

त्यसैगरी गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको आसन्न “सातौं राष्ट्रिय महाधिवेशन – २०२१” का लागि आवस्यक सहयोग, परामर्श र समन्वयको गर्नका लागि संघका अध्यक्ष श्री दिनेश गुरुङ ज्यूको संयोजकत्वमा स्पेन स्थित सम्पुर्ण संघ सस्था का अध्यक्ष तथा प्रतिनिधि सदस्य रहने गरि समन्वय समिती गठन गरेको छ। उक्त समितीमा निम्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि रहेका छन।

जन सम्पर्क समिति स्पेन :- अध्यक्ष श्री इन्द्र प्रसाद शर्मा
प्रवासी नेपाली मंच स्पेन :- अध्यक्ष श्री हेम कुमार शेर्पा
जन प्रगतिशिल मन्च स्पेन :- अध्यक्ष श्री अर्जुन आचार्य
स्पेन नेपाली एकता समाज :- अध्यक्ष श्री दुर्गा शर्मा
तमु समाज स्पेन :- अध्यक्ष श्री गौतम गुरुंग
चितवन समाज स्पेन :- अध्यक्ष श्री राजु शमशेर थापा
मगर समाज स्पेन :- अध्यक्ष श्री बुद्ध मिलन थापा
म्याग्दी समाज स्पेन :- अध्यक्ष श्री लक्ष्मण खत्रि
नेपाली पाठशाला :- संयोजक श्री सरला सापकोटा
स्याङ्जा समाज स्पेन :- अध्यक्ष श्री बिमल गुरुङ्ग
कास्की आदर्श समाज स्पेन :- अध्यक्ष श्री बल बहादुर कार्की
पर्वत समाज स्पेन :- अध्यक्ष श्री दिनेशराज रेग्मी
पूर्वेलि नेपाली एकता समाज :- अध्यक्ष श्री पुरुषोत्तम भट्टराई
नेवा: पाशा पुचा :- निलू अवाले श्रेष्ठ
बागलुङ समाज स्पेन :- अध्यक्ष श्री राजु थापा
विश्व कलाकार संघ :- अध्यक्ष श्री डिक बहादुर कार्की
तामाङ समाज स्पेन :- अध्यक्ष श्री बिनोद मोक्तान
उत्पीडित जातीय समाज स्पेन :- अध्यक्ष श्री गमबहादुर बिस्वकर्मा
जी. पी. फ़ाउण्डेशन स्पेन :- अध्यक्ष श्री राम बाबु सापकोटा
क्षेत्रि समाज स्पेन :- अध्यक्ष श्री सोनू रावत
नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्क : अध्यक्ष श्री अक्कल बहादुर बोहारा
नेपाल स्पेन समाज कोस्टाब्लाङ्क : अध्यक्ष श्री केशव राज कँडेल

साथै उक्त समितिलाई आबस्यक समन्वयमा सहजीकरण गर्न, सल्लाह तथा सुझाबको लागि सल्लाहकारको रूपमा युरोप उपसंयोजक श्री मुक्त बहादुर गुरुङ ज्यू, आइसीसी सदस्यद्वय श्री सुनिल रानाभाट तथा श्री चिन्तामणी सापकोटा रहने निर्णय भयो।

गैर आवासीय नेपाली संघ, स्पेनको आसन्न अधिबेशनको लागि निर्वाचन समिती र समन्वय समिती गठन गर्दै गर्दा संघको मातहतमा गठित सम्पुर्ण बिभाग वा समिती, उपसमितीहरु बिधानत स्वत: बिघटन हुने हुनाले सम्पुर्ण बिभाग, समिती तथा उपसमितिका संयोजक तथा सदस्य ज्युहरुलाइ उहाँहरूले पुर्याउनु भएको योगदान, सद्भाव र सहयोग को उच्च- मूल्याकंन गर्दै धन्यवाद ज्ञापन गरियो। साथै कोरोना महामारिमा आइपर्ने बिविध समस्या र समाधानको लागि गठित covid -१९ आपतकालिन संयुक्त सहयोग समितीका सम्पुर्ण पदाधिकारी तथा, सदस्य ज्यूहरु, सल्लाहकार ज्यूहरु तथा उपसमितीका संमयोजक तथा, सदस्यज्युहरु लगायत स्पेन स्थित सम्पुर्ण संघ सस्था र ब्यक्तित्वहरुले बिषम परिस्थितिमा पनि यहाँहरुले खेल्नुभएको भूमिकाका र प्रदान गर्नुभएको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै आजका मितिबाट सम्पूर्ण समिति र उपसमिति विगठन भएको जानकारी गराउने निर्णय गरिएको छ। त्यसैगरी बैठकमा संघका महासचिव तथा विधान मस्यौदा समिति संयोजक श्री उमा राज ढकालले विधानमा संशोधित बुँदाहरू लिपिबद्ध रुपमा कार्यसमितिमा सूचित गराउँदै आगामी अधिबेशनमा पारित गरी कार्यान्वयनमा ल्याउन पेश गर्ने जानकारी गराउनु भयो।

सुन्दर रानाभाट
प्रवक्ता
एनआरएनए स्पेन