मितिः २३ जुलाई २०२१
विद्युतीय माध्यम (Online Voting System) द्वारा मतदान गर्ने तरिकाः
मतदानको लागि मतदाताहरुले आफ्नो मोबाइल, कम्प्यटर वा iPad लगायतका डिभाइसको ब्राउजर(Google Chrome, Safari, Internet Explorer etc. )मा गई https://www.civiciti.com/ww/nrnaspain लिङ्क खोल्ने।
त्यसपछि खुल्ने पेजको सबै भन्दा तल PDF मा क्लिक गरेपछि मतदान सम्बन्धी सम्पूर्ण जानकारी सहितको फाइल प्राप्त गर्नु हुनेछ।
मतदान गर्दा ध्यान दिनु पर्ने कुराहरुः
निर्वाचन समितिको कार्य तालिकामा उल्लेखित मतदान समय शुरु भएपछि (आगामि मिति २६ जुलाई २०२१ सोमवार बिहान ठीक १०:०० बजेपछि) मात्र मतदाताहरुले मतदानका लागि कोड नम्बर प्राप्त गर्न सक्नुहुनेछ भने मतदानको अन्तिम समय सोही दिनको राती ठीक १०:०० बज्नु अघिसम्म कोड नम्बर प्राप्त गर्न सक्नुहुनेछ।
कोड नम्बर प्राप्त भएको १० मिनेट समयभित्र मतदान गरिसक्नु पर्नेछ
कोड नम्बर प्राप्त भएको १० मिनेट समयभित्र मतदान गरिसक्नु पर्नेछ। यदि कुनै कारणवश १० मिनेटभित्र मतदान गर्न नभ्याएको खण्डमा पुनः नयाँ कोड नम्बर मागेर मतदान गर्न सक्नु हुनेछ।
मतदानको अन्तिम समयमा कोड नम्बर लिने मतदाताको हकमा भने जम्मा २ मिनेटभित्र आफ्नो मतदान कार्य सम्पन्न गरिसक्नु पर्नेछ। यदि २ मिनेटभित्र मतदान कार्य पूरा गर्न नसकेको खण्डमा निज मतदाताले पुनः नयाँ कोड नम्बर लिन पाउने छैन र स्वतः मतदान कार्यक्रमबाट बाहिरिएको ठहरिनेछ।
मतपत्रमा उल्लेखित सबै पदका उम्मेदवारहरुलाई स्पेन अधिराज्यभरिका सम्पूर्ण मतदाताहरुले मतदान गर्न सक्नुहुनेछन् ।
नोटः मतदानको समयमा निर्वाचन समितिले संस्थाको फेसबूक मार्फत् मतदान बारे अपडेट प्रत्यक्ष रुपमा प्रसारण गर्नेछ।

