सम्पूर्ण स्पेनका विभिन्न भूभागमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा सादर नमस्कार!

गैह्र आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनले आगामी कार्यकाल २०२१- २०२३ को मिति २५ जुलाईमा तोकी पञ्जिकृत सदस्यताको आवेदनका लागि ५ अप्रिल २०२१ बाट खुल्ला गरिएको कुरा पुनः अवगत गराउँदै यसपालिको सदस्यता वितरण MIS प्रणालीबाट मात्र हुने पनि सूचित गर्दछौ।
स्पेन अधिराज्यभर बसोबास गर्ने धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले उत्साहका साथ रित पूर्वक आवेदन भरि सदस्यता समेत प्राप्त गरेको अवस्था छ। एनआरएनए केन्द्रले उपलब्ध गराएको Smart NRNA Membership online मार्फत फाराम भर्दा केही प्रकृयागत त्रुटिका कारण ८०भन्दा बढी आवेदकले उपलब्ध गर्नुभएको फाराम ड्राफ्ट गएर बसेका कारण हामी यहाँहरुका आवेदनलाई स्वीकार गर्न असमर्थ छौं। तसर्थ कृपया फाराम भरेर पनि स्वीकृति प्राप्त गर्न नसक्नु भएका निवेदकहरुको आबस्यक personal information, documents upload तथा payment proof अप्सन आइकन भित्र भएका खाली ठाउँमा मागिएका व्यक्तिगत विवरण तथा डकुमेन्टस पुनः हेरी पूर्ण रूपमा राखी अन्तमा confirm गर्नुहुन अनुरोध गर्दछौ। यसका लागि कृपया यहाँहरुले पुन आफूले प्रयोग गरेको login email Id र password प्रयोग गरी login गरि सिस्टमले मागे अनुसारका डाटा खाली ठाउँमा पूर्ण रूपमा उपलब्ध गराई आफ्नो फाराम पूरा गरी confirm गर्नुहुन अनुरोध गर्दछौ।

आवेदनका प्रक्रिया, सर्त तथा आबस्यक कागजात देहाय बमोजिम छन्:

१) आवेदन अनिवार्य Smart NRNA वा https://members.nrna.org/signup मा लिङक गरिएको फाराम मार्फत भर्न पर्नेछ। यसरी भरिएको आवेदन आइसीसी(ICC) काे (MIS) प्रणालीमा हुने भएकोले परिवर्तन नहुने हुदा सहि विवरण भर्नु पर्नेछ।
२) आवेदन फाराम भर्दा आफ्नो इमेल, मोवाइल नम्बर र ठेगाना अनिवार्य रूपले भर्नु।
क) उल्लेखित इमेल वा मोबाइल नम्बर नै आफ्नो प्रोफाइलको युजर आइडी हुनेछ। यहाँहरुले password राख्दा आफ्नो इमेलको भन्दा भिन्न पनि राख्न सक्नुहुनेछ जुन membership login गर्न अनिवार्य हुनेछ।
ख) आवेदन प्राप्त भएको, स्विकृत वा अस्विकृत भएको लगायतका सबै जानकारी सोही इमेलमा वा मोवाईल नम्बरमा प्राप्त हुनेछ !
ग) फाराम भर्दा उल्लेख गरिएको पासवर्ड सदस्य स्वयंले सुरक्षित राख्नु पर्नेछ। अधिबेशन चुनावी प्रक्रियामा जाँदा सम्पूर्ण निर्वाचन कार्यविधि, सूचना र भोटिङको लागि आवश्यक लिंक लगायत सम्पूर्ण कुराहरू यहाँहरुले उपलब्ध गराउनु भएको ईमेल मा मात्र प्राप्त गर्नुहुनेछ।

३) आवेदकले आवेदन दर्ता गर्दा अनिवार्य रूपमा निम्नलिखित कागजातहरू अनलाइन मार्फत अपलोड गर्नु पर्ने छ :
* पासपोर्ट(MRP)साईजको फोटो
* पासपोर्टको(MRP)प्रतिलिपी वा NIE भएका ब्यक्तिहरुको हकमा निजको आइडिको प्रतिलिपी
*स्पेन प्रबेश गरेको २ बर्ष पुरा भएको प्रमाणित गर्ने कागजात वा एनआरएनएको पुरानो आईडी कार्डको प्रतिलिपि।
* २०२१-२०२३ कार्यकालका निम्ति पंजीकृत सदस्यता शुल्क १० यूरो निर्धारण गरिएको छ। आवेदन भर्दा उक्त शुल्क NRNA स्पेनको बैंक खाता नम्बर ES37 2100 2904 0402 3673 2783 (La Caixa Bank)मा ट्रान्सफर गरी त्यसको कपि प्रमाण स्वरुप अपलोड गरेको हुनुपर्नेछ अथवा संस्थाले प्रमाणीकरण गर्न अनुमति प्रदान गरेका व्यक्तिलाई cash मा उपलब्ध गराउन सक्नुहुनेछ।

४) फाराममा माथि उल्लेखित विवरण तथा सर्तहरू अनिवार्य भर्नु पर्नेछ अन्यथा फाराम स्विकृत गरिनेछैन।

यो सन्दर्भमा आवश्यक जानकारी तथा सहयोगका लागि एनआरएनए स्पेनले तोकेका देहायका व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ।

सम्पर्क व्यक्तिहरु:

एनआरएनए राष्ट्रिय समन्वय परिषद स्पेन:
अध्यक्ष : श्री दिनेश गुरुङ्ग
महासचिब: श्री उमाराज ढकाल
कोषाध्यक्ष: श्री गोविन्दराज तिमिल्सिना
प्रवक्ता: श्री सुन्दर रानाभाट

क्षेत्रीय समिति मड्रिड:

अध्यक्ष : श्री सुजिल गोले
सचिव : श्री सागर श्रेष्ठ

क्षेत्रीय समिति पाईस भास्को:

अध्यक्ष : श्री कमला बराल
सचिव : श्री खगेन्द्र बम

क्षेत्रीय समिति ग्रान कानारिया:

अध्यक्ष : श्री पवनलाल राजभण्डारी
सचिव : श्री श्याम कुमार खड्का

क्षेत्रीय समिति कोस्टा ब्लाङ्का:

अध्यक्ष : श्री सुरेन्द्र भुजेल थापा
सचिव : श्री कमल पराजुली

सुन्दर रानाभाट
प्रवक्ता
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेन।