मिति : १ जनवरी २०२१ 

श्री अम्बिका श्रेष्ठ ज्यू

स्पेनिस मानार्थ कन्सुलर

गौशला, काठमाडौं। 

विषय: आवश्यक समन्वय गरिदिनुहुन अनुरोध। 

यहाँलाई अवगत नै छ विश्वव्यापी कोरोना महामारीका कारण सम्पूर्ण मानवजीवन नै अस्तव्यस्त छ जसबाट हामी स्वदेश तथा विदेशमा रहने नेपाली पनि प्रत्यक्ष्य प्रभावित छौ। यस महामारीबाट स्पेनका विभिन्न भूभागमा बस्ने नेपालीहरु विभिन्न कागजी तथा परिवार मिलनका समस्याबाट प्रभावित भएका निवेदनहरु संघमा प्राप्त भएका छन। यसै महामारीका बीचमा करिब ३० भन्दा बढी व्यक्तिहरूले परिवार मिलनको लागि सम्पूर्ण प्रक्रिया पूरा गरी दिल्ली स्थित स्पेनिश दूतावासमा भिषाका लागि आवेदन दिई भिषा समेत प्राप्त गरेको तर प्रतिकूल समयका कारण नियमित उडान नहुदा तथा बाह्य उडान अनुमतिका कारण भिषा को समयावधि भित्र स्पेन आवागमन गर्न नसकेको र हाल उहाँहरूको भिषा समयावधि समाप्त भइसकेका कारण उहाँहरुको परिवार मिलन प्रक्रिया अस्तव्यस्त तथा अन्योलमय भई नेपालमा नै रहनुभएको छ। यस्तो प्रकारको परिवार मिलनको समस्या समाधानको लागि दिल्ली स्थित दूतावाससँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ। हजुरको सहयोग र सहजीकरणको अपेक्षाका साथ सबिनय अनुरोध गर्दछौ। भिषा समाप्त भई समस्यामा पर्नुभएका व्यक्तिहरुको नामावली देहायबमोजिम छ। 

 

दिनेश गुरुङ्ग

 अध्यक्ष गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेन।

सम्पूर्ण स्पेनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार!