स्पेन अधिराज्यको लागि नेपाली नवनियुक्त महामहिम राजदूत दावा फुटि शेर्पा ज्यूकाे समुपस्थितिमा नेपाली दुतावासद्वारा अायाेजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम १ डिसेम्बर २०१९ आईतबार नेपाली दुतावासकाे कार्यलय म्याड्रिडमा सम्पन्न कार्यक्रममा महामहिम राजदूतलाई नेपाली समुदायद्वारा खादा तथा पुष्पगुच्छा दिएर भब्य स्वागत गरिएको थियो। दूतावासको कामलाई सहजिकरण गर्न र नेपाल भ्रमण बर्ष २०२० सफल बनाउनकाे लागि विविध महत्त्वपूर्ण विषयमा अाबश्यक छलफल पछि राजदूतज्यूबाट पर्यटन प्रर्बद्धन कक्ष तथा एनअारएनए हेल्प डेक्स हस्तान्तरण गर्नुभएको थियो जसमा स्पेनबासी नेपालीको तर्फबाट संघका अध्यक्ष दिनेश गुरुङ्ले हस्ताक्षर गर्नुभएको थियो।