सम्पूर्ण स्पेनबासी नेपाली आमा बुवा दाजू भाई तथा दीदी बहिनीहरूमा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिसद स्पेन, अहिले विश्वभरी कोरोना भाइरस (COVID-19) आक्रान्तक महामारीको रूपमा फैलियएको यस बिपदको घडीमा स- कुशलताको कामना गर्दै विशेष सुरक्षा समंयता अपनाउन पनिअनुरोध गर्दछ । हामीहरू केही समय देखी कोरोना भाइरस( COVID 19) क़ो महामारी बाट निकै नै त्रसित भएको यहाँहरू सबैमा सर्वबिबिध नै छ । हाल सम्म स्पेन स्थित नेपाली समुदायहरूमा कुनै पनि व्यक्ति संक्रमीत भएको खबर जानकारीमा नआएको र सबै सुरक्षित नै रहेको जानकारीहरू प्राप्त भैरहेको यहाँहरू सबैमा जानकारी गराउदछौ । साथै अब आऊने दिन हरुमा पनि सम्पूर्ण नेपाली आमा बुवा, दाज़ु भाई तथा दीदी बहिनीहरू सकुशल रहुन भन्ने कामनापनि गर्दाछौ । हामी सबै स्पेन सरकारले दिएको समय अवधि सम्म अति आवश्यक काममा बाहेक अरु काममा बाहिर ननिस्कि घरभित्र रहेर आफुपनि सुरक्षित बनौ र अरुलाई पनि सुरक्षित बनाउन सहयोग गरौ । गैर आवासीय नेपाली संघ,स्पेन यस संकटको घडिमा स्पेन स्थित सामाजिक अभियन्ता ज्यू हरू र नेपाली दूतावास माड्रीड संग निरन्तर सम्पर्क र छलफलमा रहेको अवगत गराउदै यो आपातकालीन घड़ीमा एन आर एन ए स्पेन तपाई हरू माझ तपाईहरूको जस्तो सुकै सहयोगको लागी तयारी अवस्थामा रहेको जानकारी यस विज्ञप्ति मार्फ़त जानकारी गराउदछौ । यस बिपत को घडीमा पर्नजाने जुन कुनै समस्या हरू को लागी सहयोग होस भन्ने उद्धेस्यले हामीले निम्न ब्यक्ति हरू को व्यक्तिगत टेलेफ़ोन नम्बर उपलब्ध गराएका छौ तसर्थ समस्या र सहयोग को लागी निम्न व्यक्ति को उपलब्ध नम्बर र व्यक्तिगत fecebook massage मा सम्पर्क गर्नुहुन विशेष अनुरोध गर्दछौ । एन आर एन ए स्पेन, जुनसुकै परिस्थिति र समयमा सम्भव भए सम्म यहाँहरूको सहयोग र सुझावको लागी पूर्ण तयारी र कटीबद्ध रहेको पुनः जानकारी गराउदछौ । अन्तमा: स्पेन सरकारले घोषणा गरेको आर्थिक प्याकेज भित्र हामी कामदार र ब्याबसयीहरूले के कति राहत प्राप्त गर्न सकिन्छ र कसरी लिन सकिन्छ भन्ने बारे यहाँको कानुन व्यवसायीहरूसँग परामर्श गरि यथाशक्य तथ्यहरूको जानकारी गराउनेछौ। धन्यबाद ।। 

सम्पर्क नम्बरहरू :

बार्सीलोना दिनेश गुरुंग –676301773 दिनेश गिरी –663619636 राज ढकाल – 631247338 लेकाली घिमिरे –687630606 धुर्ब भट्ट-632983079 गोबिन्द तिमिलसिना- 631650063 सुन्दर रानाभाट- 612202728 माड्रीड उत्तर राई-654827089 मेघनाथ ढकाल –63225502 सुरेश बास्तोला- 673 501 115 जानु गुरुंग –632 086 114 सूजिल गोले-631669682 पाइसभास्को तुलसी गुरुंग-631739192 महनारायण चौधरी – 631057378 कृष्णा सिग्देल-663439409 कमला बराल-632352400 ग्रान कानारिया दीप श्रेस्ठ- 610900040 दान बहादुर भुजेल – 677167108 पवन राजभण्डारी – 670311191

 हाल बिश्व कोरोना भाइरसको (Covid19) महामारीबाट आक्रान्त छ। यस विषम विपतको घडीमा सर्वप्रथम गैर आवासीय नेपाली संघ स्पेन सम्पूर्ण स्पेनबासी नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीमा सकुशलता को कामना गर्दै आँफू र आफ्नो परिवारको स्वास्थमा विशेष संयमता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। हाल स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा गइरहेको अवस्था छ यसै अवस्थालाई मध्यनजर गर्दै स्पेन सरकारले निराकरणको लागि आगामी अप्रिल १२ सम्मको लागि lock down घोषणा गरेको छ। यस अवस्थाले नेपाली समुदायमा पनि विभिन्न खाद्यान्न लगायतका समस्या पर्ने निश्चित प्रायः नै छ। यसै विषम परिस्थितिमा एनआरएनए स्पेनले विशेष गरी रेसिडेन्स तथा काम नभएका विद्यार्थी तथा व्यक्तिहरूलाई लक्षित गर्दै एउटा राहतको प्याकेजको घोषणा गरिएको कुरा यहाँहरुका पुनः अवगत गराउँदै घोषित राहत संकलन गर्न पीडित व्यक्तिहरुले आफ्नो नाम, बस्ने ठेगाना, फोन नम्बरसहित २९ मार्च २०२० भित्र देहायका व्यक्तिहरूलाई टिपाइदिनु हुन अनुरोध गर्दछौ। यहाँहरुले टिपाउनु भएको नाम लिस्ट र ठेगानाको आधारमा राहत प्याकेज र वितरण गरिने स्थान सहित अप्रिल १ तारिक बाट वितरण गरिनेछ। यो राहत प्याकेज एनआरएनए स्पेनका सम्पूर्ण क्षेत्रीय समितिहरु मार्फत वितरण गरिनेछ। साथै स्पेनका क्षेत्रीय समिति नभएका ठाउँहरुमा समेत त्यहाँ भएका सामाजिक संघसंस्था तथा अभियन्ताहरु संग सम्पर्क गरी आबस्यकता हेरी आबस्यक सहयोग उपलब्ध गराइने छ।राहत प्याकेज विवरण चामल ५ केजी दाल २ केजी तेल १ लिटर नुन १ केजी गेडागुडी २ केजी पास्ता २ केजी (नोट: राहतको प्याकेज आवस्यकता बमोजिम थपघट गर्न सकिनेछ जसको सम्पूर्ण अधिकार टास्क फोर्स मा निहित रहनेछ।)

 राहत वितरणका क्षेत्र तथा सर्तहरू

१)वैधानिक रुपमा स्पेनको रेसिडेन्स कार्ड नभएका व्यक्ति

२)हालको अवस्थामा रोजगारी /काम/अाय आर्जनका श्रोत नभएका व्यक्ति

३) राहत संकलन गर्दा स्वयं व्यक्ति आफ्नो परिचय खुल्ने कागजातको फोटोकपी सहित उपस्थित हुनुपर्ने।

४) राहत वितरण सम्बन्धित क्षेत्रमार्फत नै गर्ने।