नेपाल स्याङ्जा जिल्ला स्थायी घर भई विगत लामो समयदेखि स्पेनको बार्सिलोना बसोबास गर्दै २६ अगष्ट २०२०मा दिवंगत हुनुभएका स्व. धन बहादुर के.सि को शव व्यवस्थापन तथा परिवारका लागि आर्थिक सहयोग संकलन गर्न एनआरएनए स्पेन का अध्यक्ष श्री दिनेश गुरुङको संयोजकत्वमा स्पेन स्थित सम्पूर्ण संघसंस्था रहने गरी स्व.धन बहादुर केसि सहयोग समिति गठन गरी सहयोग अपील गरेका थियौं। सोही अनुरोधलाई सहर्ष स्वीकार गरी स्व. केसिको १३ औं पुण्य तिथि सम्म स्पेनमा विभिन्न भुभागमा बसोबास गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बाट जम्मा १५,३६२सहयोग संकलन भएको थियो। गैह्र आबासीय नेपाली संघ स्पेनले २७ सेप्टेम्बर २०२० मा संघको कार्यालयमा यहाँ स्थित नेपाली संघसंस्थाको रोहबरमा एक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी संकलित सहयोग रकम स्व. धन केसि को परिवारलाई हस्तान्तरण गरेको छ। कार्यक्रममा संघका अध्यक्ष दिनेश गुरुङ्ग ले सहयोग उपलब्ध गराउनु हुने सम्पूर्ण स्पेनबासी दाजुभाई तथा दिदीबहिनीहरु, विभिन्न सामाजिक, क्षेत्रीय, राजनीतिक तथा गैह्र राजनीतिक संघसंस्था, क्षेत्रीय समितिहरू तथा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। सुन्दर रानाभाट प्रवक्ता एनआरएनए