संघसंस्था समन्वय बैठक:
******************

मिति ३० अगस्ट २०२३ बुधबारका दिन गैर आवासीय नेपाली संघको आयोजनामा स्पेनस्थित संघ संस्थाहरुसँग समन्वय बैठक संघका अध्यक्ष श्री पेशल कुमार कोइराला ज्यूको अध्यक्षतामा संघको कार्यालयमा बार्सिलोनास्थित समाजिक, वैचारिक, जातिय तथा क्षेत्रीय संघसंस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थितिमा विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गरी सम्पन्न भयो।

१)संघसंस्थाको अभिलेख अध्यावधिक गर्ने:
बैठकले स्पेन स्थित विभिन्न सामाजिक जातीय,क्षेत्रीय तथा जातीय संघसंस्थाको अभिलेख राख्ने अभिप्रायले संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई आआफ्नो संस्थाको कार्यसमितिको पूर्ण विवरण यथाशक्य एनआरएनए स्पेनलाई उपलब्ध गराउने र विवरण पठाउँदा आफ्नो संस्थाको कार्यसमितिको पूर्ण विवरण सहित कम्तिमा अध्यक्षको मोबाइल नम्बर र ईमेल उपलब्ध गराउने साथै आफ्नो संस्थाको स्थापना वर्ष उल्लेख गर्ने सर्वसम्मत् निर्णय भयो।

२) नेपाली कला संस्कृति प्रवर्धन तथा चाडपर्व:
एनआरएनए स्पेनलाई मातृ संस्था मानी स्पेन स्थित विभिन्न संघसंस्थाहरु बीच समन्वय तथा छलफल गरी बाँडफाड गरी विगत देखि आयोजना तथा मनाउँदै आइरहेको नेपाली चाडपर्व तथा कार्यक्रमहरु यथावत रूपले आयोजना तथा सञ्चालन गर्दै जाने र नेपाली समुदायमा संघसंस्था बीच सामाजिक सदभाव कायम राख्न आ-आफ्नो संस्थाको तर्फबाट कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने निर्णय भयो।

प्रवासी नेपाली मञ्च स्पेनले २००७ सालदेखि निरन्तर आयोजना गर्दै आएको हरितालिका तीज कार्यक्रम यथावत् यसवर्ष पनि आयोजना गर्ने र आगामी वर्षहरूमा समेत निरन्तरता दिने र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग स्पेन यस कार्यक्रम सँग जुध्न गरी आयोजना गर्न लागेको तीज कार्यक्रम स्थगन गर्न सम्पूर्ण संघ संस्थाको तर्फबाट अनुरोध गरियो।
साथै विगत देखि सहमतिका आधारमा संघसंस्थाहरु बीच बाँडफाँड भई आयोजना तथा मनाउँदै आएका चाडपर्व तथा कार्यक्रमहरु बाहेक जस्तै जनै पूर्णिमा, होली, माघे संक्रान्ति, चैते दशैं इत्यादी लगायतका अन्य नेपाली मौलिक चाडपर्व तथा अन्य कार्यक्रम मनाउन अनुरोध गर्दै गर्न चाहेका कार्यक्रमको विवरण संघलाई जानकरी गराउन अनुरोध गरियो।

विगतदेखि सहमतिमा बाँडफाड गरी मनाउँदै आएका कार्यक्रम तथा चाडपर्वहरू:
१) दशैं तिहार तथा दिपावली कप – एनआरएनए स्पेन
२) नयाँ बर्ष कार्यक्रम – नेपाली जना सम्पर्क समिति स्पेन
३) हरितालिका तीज कार्यक्रम- प्रबासी नेपाली मञ्च
४)नेपाल पर्यटन प्रबर्धन कार्यक्रम- नेपाली जन प्रगतिशील मञ्च स्पेन
५) ल्होसार- तमु समाज
६) वुद्ध जयन्ती- विश्व कलाकार संघ
७)…

३)एनआरएनए स्पेनको कार्यालय सञ्चालन तथा व्यवस्थापन:
संघको आम्दानीको कुनै श्रोत नभएको कारण कार्यालय कसरी सञ्चालन गर्ने र कार्यालय भाडा कसरी ब्यवस्थापन गर्ने सम्बन्धमा सहयोगका लागि संघ संस्थालाई अपिल गरियो र श्रोत जुटाउन पहल गर्ने निर्णय भयो।

४)आकस्मिक(कल्याणकारी) कोष :
एनआरएनए स्पेनको आकस्मिक कोष वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो। छलफलले आर्थिक संकलन गर्न पहिला आबस्यक गुरुयोजना बनाई सम्भाव्य श्रोत पहिचान गर्ने र कोषको रकम खर्च गर्ने क्षेत्र र मापदण्ड अर्को समन्वय बैठकमा थप छलफल तथा निर्णय गर्ने सहमति भयो।

 

सुन्दर रानाभाट
महासचिव
एनआरएनए स्पेन

दिनांक: ०१ सेप्टेम्बर २०२३