हार्दिक आभार!!!

गैर आवासीय नेपाली संघ स्पेनले २२ फेब्रुवरी २०२० मा नेपाल सरकारका माननीय परराष्टमन्त्री प्रदीप कुमार ज्ञवाली ज्यू, महामहिम नेपाली राजदूत दावा फुटी शेर्पा ज्यू र एनआरएनए अध्यक्ष कुमार पन्तको उपस्थितिमा भव्य र सभ्य रूपमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाल र स्पेन कूटनीतिक सम्बन्ध विस्तार, एनआरएनए नागरिकता विधयक र नेपाल भ्रमण वर्ष -२०२० विषयक अन्तरक्रिया कार्यक्रममा स्पेन स्थित विभिन्न संघसंस्था र नेपाली समुदायको उलेख्य उपस्थिति थियो। आफ्नो व्यस्त समयको वावजूद नेपालबाट पाल्नु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली ज्यू , स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा ज्यू र गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौ। त्यसैगरी अतिथिको रुपमा उपस्थित हुनुभएका एनआरएनए आइसीसी सल्लाहकार पुष्पराज तिमिल्सिना ज्यू, युरोप उपसंयोजकमा मुक्त बहादुर गुरुङ्ग ज्यू, आइसिसी मानार्थ सदस्य दीपक खरेल ज्यू तथा आइसिसी सदस्य द्वय सुनिल रानाभाट र चिन्तामणि सापकोटा ज्यू प्रति एनआरएनए स्पेन हार्दिक धन्यवाद व्यक्त गर्दछौ। त्यसै गरी अन्तर्क्रिया कार्यक्रम मा सहभागी हुनुभएका नेपाली दूतावास स्पेनका प्रथम सचिव हरीहरकान्त पौडेल ज्यू, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, युरोपका विभिन्न देश बाट पाल्नुभएका पाहुना ज्यूहरु, पत्रकार मित्र भोला लामिछाने ज्यू तथा सम्पूर्ण सहभागी स्पेनबासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यबाद व्यक्त गर्दछौ। कार्यक्रम सफल बनाउन अहोरात्र खट्नु हुने कार्यसमितिका सम्पूर्ण साथीहरु र अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ।

 सुन्दर रानाभाट

 प्रवक्ता 

एनआरएनए स्पेन