हार्दिक आभार तथा धन्यवाद !
सम्पूर्णमा नमस्कार !
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनले गत २०८० कार्तिक १७ तदनुसार ०३ नोभेम्वर २०२३ का दिन मध्यराति नेपालको जाजरकोट जिल्ला केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको विनासकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिम जिल्लामा ठूलो धनजनको क्षति भए पश्चात भुकम्प प्रभावित क्षेत्रका पीडित परिवारहरूलाई यस दुःखद घडीमा के कसरी राहत संकलन गरी पिडितको घाउमा राहत रूपी सानो मलम लगाउन सकिन्छ भन्ने अभिप्रायले तत्काल स्पेन स्थित सम्पूर्ण संघसंस्थाको ४ नोभेम्बर २०२३ का दिन आपतकालीन संयुक्त बैठक बसि आर्थिक संकलनमा जुट्ने र उक्त संकलित राहात एकमुष्ट रुपमा एनसीसी स्पेनको नेतृत्वमा एकद्धार प्रणाली मार्फत भुकम्प प्रभावित क्षेत्रका जनप्रतिनिधि सँग समन्वय गरी वितरण गर्ने निर्णय गरी अगाडि बढेको कुरा यहाँहरु सबैलाई अवगत नै छ।
तत पश्चात बैठकको निर्णय बमोजिम यस दुःखद घडीमा नेपाली दाजुभाइलाई दुःख पर्दा सहयोग गर्नु हाम्रो दायित्व र मानवीय धर्म हो भन्ने सम्झेर आफ्नो व्यस्त समयका बावजुत पनि आआफ्नो तर्फबाट आर्थिक सहयोग संकलनमा जुटौँ र फलस्वरूप कुल ९२२१€ (अक्षरूपी नौ हजार दुई सय एक्काईस यूरो)आर्थिक सहयोग संकलन गर्न सफल भएका छौं। उक्त संकलित आर्थिक सहयोगबाट त्यहाँको वस्तुस्थिति बुझी स्थानीय निकायका जनप्रतिनिधिहरु सँग समन्वय गरी त्यस ठाउँको अहिलेको आवश्यकता अनुसार राहत प्याकेज बनाई संघका सचिव श्री नविन घिमिरे ज्यूको नेतृत्वमा मिति ८ डिसेम्वर २०२३ शुक्रबारका दिन जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा र रूकुम पश्चिम जिल्लामा चौरजहारी नगरपालिकामा कुल १३,०००००/- (अक्षरूपी नेपाली तेह्र लाख) (राहत प्याकेज खरिद+ढुवानी+खानाखाजा खर्च, ड्राइभर, सहयोगी + ब्यानर इत्यादी ) बराबरको सहयोग देहायका संख्यामा राहत प्याकेज खरिद गरी बनाई वितरण सम्पन भएको जानकारी गराउँदछौ।
राहत वितरण विवरण:
****************
१) जाजरकोट जिल्ला, कुशे गाउँपालिका
त्रिपाल (१५x१८) – १३० थान
ब्लाङ्केट डबल बेड साइज – १२० थान
न्यानो कपडा सेट – ३०० थान
२) रूकुम पश्चिम जिल्ला, चौरजहारी नगरपालिका
त्रिपाल (१५x१८) – २०० थान
ब्लाङ्केट डबल बेड साइज – २०० थान
न्यानो कपडा सेट – २०० थान
उक्त राहतको वितरणमा आफ्नो बिदाको छोटो समय कटाई राहत वितरणमा खटनुहुने संघका सचिव श्री नविन घिमिरे ज्यूलाई विशेष धन्यबाद टक्र्याउँदछौ।
त्यसैगरि यस महान पुण्य अभियानमा आर्थिक सहयोग संकलनमा जुट्नुभई सहयोग उपलब्ध गराउनु हुने गैर आवासीय नेपाली संघ कार्यसमिति, क्षेत्रीय समितिहरू, स्पेन स्थित सम्पूर्ण सामाजिक, वैचारिक तथा जातीय संघसंस्थाहरु र सहयोग गर्नुहुने सम्पूर्ण स्पेनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई गैर आवासीय नेपाली संघ स्पेन परिवार हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ। यस अभियानमा सहभागी हुनुहुने सहयोगी संघसंस्थाहरु यस प्रकार छन्।
* गैर आवासीय नेपाली संघ स्पेन
* एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लांका स्पेन
* नेपाल समाज एसोसिएसन कोस्टाब्लांका स्पेन
* बागलुङ समाज स्पेन
* कास्की आदर्श समाज स्पेन
* तमु समाज स्पेन
* एनआरएनए क्षेत्रीय समिति पाईसभास्को
* पर्वत समाज स्पेन
* चितवन समाज स्पेन
* क्षत्री समाज स्पेन
* पर्वत समाज स्पेन
* मगर समाज स्पेन
* नेपाली जनसम्पर्क समिति स्पेन
* देउसी भैलो टीम बार्सिलोना
* स्याङ्जा सहयोग समाज स्पेन
* मोना स्पेन
* नेपाली जन प्रगतीशील मञ्च स्पेन
* प्रवासी नेपाली मञ्च स्पेन
धन्यबाद।
सुन्दर रानाभाट
महासचिब
गैर आवासीय नेपाली संघ स्पेन
दिनांक : ११ डिसेम्वर २०२३