Message from President

शालिक राम डुम्रे

अध्यक्ष

सर्वप्रथम सम्पूर्ण स्पेनबासी नेपाली दाज़ुभाई तथा दिदिबहिनीहरूले जुन माया, सदभाव तथा विश्वासका साथ गैर आवासीय नेपाली संघ स्पेनको २०२१-२०२३ कार्यकालको नेतृत्वका लागि  विजय गराई नेतृत्वका लागि अवसर प्रदान गर्नुभयो त्यसको लागि हार्दिक आभार प्रकट गर्दछु। एनआरएनए स्पेनको बिधान र यहाँहरुले दिनुभएको  मत र विश्वासलाई शिरोधार्य गर्दै न्यायोचित, जनप्रेमी, सबल र परिणाममुखी एनआरएनए निर्माणका लागि मेरा प्रतिवद्धतालाई एक इंच पनि तलमाथि नभई स्वतन्त्र  बिचारले  स्पेनबासी नेपाली र समुदायमा आएका र भैपरि आऊने सक्ने समस्याहरूको सुक्ष्म अध्ययन गरी उचित समाधानको लागि अग्रपंतिमा लागि पर्ने प्रतिबद्धता जनाऊँन चाहान्छु।

सन् २००५ बाट शुरू भएको एनआरएनए स्पेनको अभियानमा बिभिन्न बाधाअबोरोहाहरू पार गर्दै आजको  सबल एनआरएनएको अबस्थासम्म ल्याई पुर्याउन अनवरत लागि पर्नुहुने एनआरएनए स्पेनका सामाजिक अभियन्ता ज्यूहरुलाई  हार्दिक धन्यवाद दिन चाहन्छु।

एनआरएनए स्पेनको पहिलो अभियान नेपाल हाउस स्थापना गर्ने, नेपालीहरूको दिनानुदिन बढ्दो चापलाई मध्यनजर राख्दै नेपाली दूतावाससंग  आबस्यक समन्वय र सहकार्य गर्दै नेपाली  दाजुभाई तथा दिदीबहिनीहरु र दुताबासबीच समन्वय गर्न, समस्या पहिचान गर्न तथा त्यसको समाधानका लागि पुलको रूपमा काम गर्ने रहने छ। कोभिड १९ को महामारीको समस्याले विश्व नै आक्रान्त र दैनिक कार्यक्रममा समस्या परेको कुरा सर्वविदित नै छ तथापी  हाम्रा पूर्व निर्धारित लक्ष्य तथा योजनाहरू परिपूर्ति गरी  नेपाल र नेपालीहरुलाई हकहित र सेवाका लागि जनमुखी कार्यक्रम तथा योजना लिएर अगाडि बढ्ने प्रतिज्ञा गर्दछौ।

अन्त्यमा आगामी दिनमा पनि नेपाल र नेपाली  समुदायमा भैपरि आउने सक्ने समस्याहरूलाई सुक्ष्म रूपले अध्ययन गरी  आबस्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यहाँहरुको रचनात्मक साथ, सहयोग, सुझाव तथा सल्लाहको अपेक्षा राख्दै  विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्व  २०२१ को  हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद!

 

शालिक राम डुम्रे

 अध्यक्ष

गैर आवासीय नेपाली संघ स्पेन।

Youtube