गैर आवासीय नेपाली संघ स्पेनले वडा दशैं तथा दिपावलीको अवसरमा पारेर २९ सेप्टेम्बर २०१९ आईतबारका दिन रात्री भोज सहितको साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो। नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा एकअापसमा शुभकामना आदानप्रदान गर्दै नेपाली गीतसंगीतमा नाचगान गर्दै रमाएका थिए।