मिति: १६ मे २०२५
गैर आवासीय नेपाली सङ्घ,राष्ट्रिय समन्वय परिषद स्पेनको पंजीकृत सदस्यताको आवेदन खुला गरिएको सूचना!
सर्वप्रथम आदरणीय स्पेनबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार !
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको मिति १५ मे २०२५ बिहीबारका दिन बसेको कार्यसमितिको १९ औं नियमित बैठकले संघको आगामी २०२५-२०२७ कार्यकालका लागि आधिकारिक पंजीकृत सदस्यता आज मिति १६ मे २०२५ शुक्रबारबाट खुल्ला गरिएको सहर्ष जानकारी गराउँदै सदस्यका लागि रीत पुगेका सम्पूर्ण स्पेनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई तल उपलब्ध गराइएको एनआरएनए स्पेनको आफ्नै Online membership portal बाट सदस्यता लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
सदस्य बन्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्
(https://app.fiestayatra.com/nrna-spain-membership-registration)
सदस्यता लिने अन्तिम मिति: १५ जुन २०२५ आईतबार
सदस्यता शुल्क: १० €
गैर आवासिय नेपाली संघ स्पेनको विधान अनुसार पंजीकृत सदस्य बन्न देहायका कागजात तथा सर्तहरु पूरा गर्नु पर्नेछ।
१) सदस्य बन्नका लागि उमेर हद १८ बर्ष पूरा भएको हुनुपर्नेछ।
२) नेपाली मूलको स्पेनिश नागरिक वा स्पेनका कुनैपनि भूभागका कम्तीमा २ बर्ष बसोबास गरेको नेपाली नागरिक हुनुपर्ने छ।
३) संघले निर्धारित गरेको सदस्यता शुल्क १० € भुक्तानी गर्नु पर्नेछ।
४) स्पेनको बसाई अनुमति(Residency permit)भएकाको हकमा DNI अथवा NIE को कपि र नभएकाहरुको हकमा नेपाली पासपोर्टको कपि तथा २ बर्ष स्पेनको बसोबास गरेको प्रमाणित गर्ने empadronamemto कपि।
५) पासपोर्ट साइजको फोटो।
६) सम्बन्धित व्यक्तिको Email address र फोन नम्बर।
सुन्दर रानाभाट
महासचिव
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद स्पेन