हार्दिक धन्यवाद तथा आभार!
यहि फेब्रुअरी 10 र 11 तारिखमा स्पेनस्थित नेपाली राजदुतावास म्याड्रीड बाट आएको घुम्ती सेवा टोलिले गैर आबासिय नेपाली संघ स्पेनको कार्यलय बार्सिलोनामा सफलतापुर्बक आफ्नो कार्य सम्पन्न गरेको छ। करिब 300 नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले नयाँ राहदानी, राहदानी नबिकरणको लागी फारम भर्नु भएको साथै अन्य कन्सुलर सेवा लिएर लाभान्वित हुनु भएको हामिले महसुस गरेका छौ ।
नेपाली राजदुतावास म्याड्रीडबाट घुम्ती सेवा टोली विभिन्न सहरहरुमा फरक फरक समयमा हुँदै आएकोमा गैर आबासिय नेपाली संघ स्पेन राजदुतावास परिवारलाई विशेष धन्यवाद ब्याक्त गर्दछ साथै पारिवारिक भिसामा देखियको समस्या समाधानको लागि हामीले महामहिम राजदूतलाई पहलको लागि अनुरोध गरेको छौ।
नेपाली राहादानी अनलाइन फारम भर्नको लागि संघको कार्यलयमा आएर सहयोग गर्ने साथीहरूनै बिशेष धन्यवादको पात्र हुनुहुनेछ, फारम भर्न अग्रपन्तिमा खटिनुहुने अर्जुन आचार्य, बसन्त रानाभाट, बिनय अधिकारी, सन्कल्प गौतम, मनिष उपाध्य,लक्ष्मण शर्मा,अभियान भुषाल, मधुसूदन उपाध्य, बिकास तिमिल्सिना, सरोज कडेल साथै गैर आबासिय नेपाली संघ स्पेनका संरक्षकज्युहरु, सल्लाहकारज्युहरु, कार्यसमितिको साथीहरू हुनुहुन्छ ।उहाहरुले गर्नुभएको मेहनतलाई जति तारिफ गरेनी कमनै हुनेछ ।
दुई दिने घुम्ती सेवाको लागी आफै उपस्थिति भयर हौसला प्रदान गर्नुहुने महामहिम राजदुत ज्यु, नेपाली रास्टसेबक कर्मचारी साथीहरूको मेहनतले नै हामीले दुई दिनमा नै सफलता पुर्बक सेवालिन आउनु भएको सेवाग्राही लाई सेवा दिन सफल भयका थियौ र संघको कार्यलयमा उपस्थिति भयर सहयोग गर्नु हुने विभिन्न संघ सस्थाका अध्यक्षज्युहरु , प्रतिनिधि साथीहरूको योगदान पनि अबिस्मरणिय रहयो । उहाँहरू सम्पुर्णलाई हृदयदेखिनै धन्यवाद भन्न चाहन्छु ।
संघको कार्यलमा उपस्तिथि भयर सेवा लिनुहुने सेवाग्राहीलाई कार्यलयको स्पेस सानो भएकोेले केही असुबिधा पर्न गयकोले क्षमाप्राथी छु, कार्यलयमा उपस्थित भयर सेवाग्राहीले कार्य सन्चालनको लागि गर्नु भएको आर्थिक सहयोगको लागि मुरि मुरि धन्यवाद भन्न चाहन्छु साथै सन्कलन भएको रकम सार्बजनिक गर्ने छौ साथै कुनै कारणबस म बाट जानीनजानी केही गल्ती भएको भएमा आउने दिनमा सुधारगर्दै जानेछु र आफ्नो समयले भ्याए सम्म सामाजिक काममा लाग्ने नै छु ।
राहदानी फारम भरेका केही अनुपस्थित साथीहरूलाइ हामीहरु सग सम्पर्क गर्नको लागि अनुरोध गर्दछु साथै राजदुतावास सग समन्वय गरि राहदानी बनाउनको लागि पहल गरेर सहयोग गर्ने प्रतिबद्धतापनि जनाउदछु ।
सम्पुर्णमा मुरि मुरि धन्यवाद !
सुदर्शन शर्मा
प्रवक्ता
गैर आबासिय नेपाली संघ स्पेन
