सम्पुर्ण स्पेनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबाट पाएको बिश्वास तथा सदभाबको साथ गैर आबासिय नेपाली संघ स्पेनको २०२३-२०२५ कार्यकालको नेतृत्वको लागि निर्बिरोध बिजय गराइ नेतृत्वको लागि अबसर प्रदान गर्नुहुने संघका पन्जिकृत सदस्यहरु, सामाजिक अभियान्ताहरु, साथै विभिन्न संघ सस्थाका अग्रजहरुमा हार्दिक आभार प्रकट गर्दछु। गैर आबासिय नेपाली संघ स्पेनको बिधान र यहाहरुले दिनुभएको बिश्वासलाई आफ्नो बुद्धि र बिबेकले भ्याएसम्म समाजको हितमा काम गर्दै यहारहेका विभिन्न संघ सस्थाहरुसग हातेमालो गर्दै एक सबल र परिणाममुखी सस्था निर्माण गर्ने मेरो प्रतिबद्धता रहनेछ र भैपरी आउन सक्ने समस्याहरुको अध्य्यन गरि उचित समाधानको लागि अग्रपंक्तिमा रहने प्रतिबद्धता जनाउछु । गैर आबासिय नेपाली संघ स्पेनको पहिलो अभियान संघको आफ्नै कार्यलय स्थापना गर्ने, नेपालीहरुको दिनानुदिन बढदो चापलाइ मध्यनजर राख्दै नेपाली राजदुतावास सग आबस्यक समन्वय र सहकार्य गर्दै यहाँ आइपर्ने समस्याहरुको समाधान गर्नकोलागि पहल रहनेछ साथै समाजमा घटने आपतकालीन घटनाको तत्कालै समाधान गर्नुपनेहुँदा कल्याणकारी कोषको वृद्धि गर्नुपर्ने महसुस भएको हुँदा कल्याणकारी कोषको वृद्धि गर्नको लागि पहल गरिने छ । अन्त्यमा नेपाल र नेपाली समुदायमा आउन सक्ने समस्याहरूलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउदै यहाहरुको रचनात्मक साथ, सहयोग, सुझाव तथा सल्लाहको अपेक्षा राखेको छु। धन्यवाद
पेशल कुमार कोइराला
अध्यक्ष
गैर आवासीय नेपाली संघ स्पेन।